गुल्मीमा वडाध्यक्षले शिक्षक कुटे : यस्तो छ वास्ताविकता



सन्तोष महतारा


गुल्मी । शिक्षक सरुवाको बिषयमा विवाद हुँदा गुल्मीमा वडाध्यक्षले शिक्षकलाई कुटपिट गरेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हीराबहादुर कार्की र देविस्थान माध्यमिक विद्यालयमा शिक्षक यमलाल पन्थीबीच शिक्षक सरुवाको बिषयमा सोमबार दिउँसो विवाद भएको थियो ।

विवादका क्रममा वडाध्यक्षको हातपातबाट शिक्षकको बायाँ आँखा नजिकै र एक कानको नजिक सामान्य चोट लागेको प्रहरी चौकी मर्भुङ्गका प्रमुख प्रहरी सहायक निरिक्षक दिपक शाहले जानकारी दिए ।

Jeewan and Rajan Tailors

उनका अनुसार, घाइते शिक्षकले टाउको दुखिरहेको बताएपछि उपचारको लागि गुल्मीको सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा पठाइएको छ ।

The Star Family Restaurant

विद्यालय समय सकिएपछि शिक्षकले बीच बाटोमै वडाध्यक्षलाई भेटाएपछि मोटरसाइकल रोकेर गुनासो पोख्न सुरु गरे । घटना शिक्षक पन्थीकी श्रीमती जानकी पाण्डेयको यसअघि सोही वडाकै मैदानचौर प्राथामिक विद्यालयबाट बरारुख प्राथमिक विद्यालयमा सरुवा भएको बिषय थियो । उनकी श्रीमती प्राथामिक तहकी स्थायी शिक्षक हुन् । डेढ घण्टा टाढाको विद्यालयमा सरुवा भएपछि शिक्षकले वडाध्यक्षलाई अप्ठ्यारो भएको गुनासो ब्यक्त गरे । वडाध्यक्षले शिक्षकको सरुवा सामान्य प्रक्रिया भएको र सरुवा भइरहने बिषय भएको बताए । सोही क्रममा शिक्षकले वडाध्यक्ष माथि बोल्न नहुने शब्द प्रयोग गरेर गाली गरेको र त्यसपछि विवाद सुरु भएको बुझिएको प्रहरी चौकी मर्भुङ्गले जनाएको छ ।

शिक्षकको उपचारपछि थप छलफल गरिने बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले वडाध्यक्षको कुनै गल्ती नभएको शिक्षकको अराजक शैलीका कारण घटना घटेको बताएका छन् । उनले वडाध्यक्षले शिक्षक कुटे भन्ने कुरा बाहिर आएपनि शिक्षकले जनप्रतिनिधि माथि गर्ने ब्यवहार ठिक नभएको बताएका हुन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया