चिल्ड्रेन पार्कमा वर,पिपल,स्वामी रोपियो



अनिष पन्थी


अनिष पन्थी, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घासमा वर,पिपल र स्वामीको बिरुवा रोपिएको छ। उपल्लो तम्घासमा रहेको चिर्लेन्ड पार्कमा यहाँका केही स्थानीयले सोमबार वर,पिपल र स्वामीका बिरुवा रोपेका छन।

अबको नयाँ पुस्तामा वर पिपल स्वामी जस्ता धार्मिक महत्त्व बोकेका बिरुवाहरु चिनाउने पर्ने देखिएको अवस्था सिर्जना हुँदै गएको अवस्थामा यी र यस्ता बिरुवाहरु लगाइ धार्मिक महत्त्व कायम राख्नुपर्ने स्थानीय बताउछन।

Jeewan and Rajan Tailors

बिरुवा रोपिएको स्थानमा पछि ढुङ्गाको वाल उठाएर यसको संरक्षण गरिने रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण प्रसाद पाण्डेले बताए। समयसमय मा दिन दिनै पानी लगाउने र यस्को संरक्षणमा सबै जुटुनुपर्ने पाण्डेको भनाइ छ।

The Star Family Restaurant

यो स्थानमा विभिन्न संघ सस्थाले र यहाँका स्थानीयले विभिन्न बिरुवा रोप्दै आएका छन। चिर्लेन्ड पार्क नगरपालिका अन्तरगतको गौरवको योजना भएको पाण्डेले जानकारी दिए।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया