मौसमी खराबीले रेसुंगामा आएन जहाज



सन्तोष महतारा


गुल्मी । मौसमी खराबीले गर्दा रेसुंगा विमानस्थलमा यो शुक्रबार पनि जहाज आउन सकेन । तर, यो समस्या यो शुक्रबार मात्र नभई दुई महिना अगाडिबाटको हो ।

लामो समयदेखिको पखाईपछि नियमित उडान भएको यस विमानस्थलमा आठ उडान मौसमी खराबीकै कारण रोकिएको हो । रेसुङ्गा नगरपालिका–१०, सिमिचौरमा रहेको यस विमानस्थलमा मौसम खराबीले नियमित उडानमा समस्या भएको वडाध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिनुभयो ।

Jeewan and Rajan Tailors

नेपाल एयरलाइन्सको जहाजले गत बैशाखदेखि यस विमानस्थलबाट नियमित उडान थालेको थियो । तीन वटा उडान रेसुङ्गा विमानस्थलमा अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमा अवतरण गरेको विमानले त्यसपछि उडान भर्न नसकेको हो ।

The Star Family Restaurant

गत एक हप्ता खुलेको मौसमका कारण आज शुक्रबार उडान हुने ढुक्क भएपछि दुवैतर्फबाट यात्रुको भरिभराउ रहेको थियो । तर, बिहानी समयमा लागेको बाक्लो हुस्सुका कारण जहाज रेसुङ्गाका लागि काठमाडौंबाटै उडान भर्न नसकेको नेपाल एयरलाइन्सले जनाएको छ ।

नेपाल एयरलाइन्सले काठमाडौंदेखि रेसुङ्गा सम्मको उडान छ हजार पाँच सय रुपिँया र रेसुङ्गादेखि काठमाडौं सम्मको उडानमा छ हजार तीन सय रुपिँया तोकेको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाको सहजीकरणमा रेसुङ्गाबाट नियमित उडान भएको थियो । जसका कारण हर्षित गुल्मेलीलाई खराब मौसमी कारणले निराशा छाएको छ । अब गुल्मेली सफा मौसमको पखाईमा छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया