गुल्मीमा बालिका मृत्युु घटना : उपचारमा खटिएका स्वास्थ्यकर्मीकाे बयान लिइयो



सन्तोष महतारा


गुल्मी । गुल्मीमा भएको बालिका मृत्युु घटनामा उपचारका लागि खटिएका स्वास्थ्यकर्मीकाे बयान लिइएको छ । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेकाे नेतृत्वमा गठित छानबिन समितिले उपचारका लागि खटिएका स्वास्थ्यकर्मीकाे बयान लिएको हो ।

उपचारको क्रममा तयार भएका सबै डकुमेन्ट हेर्ने, सिसिटिभी फुटेज हेर्ने, प्रत्यक्षदर्शीलाई सोधपुछ गर्ने र उपचारमा खटिएका स्वास्थ्यकर्मीकाे बयान लिने काम भइसकेको छानबिन समितिका संयोजक गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । ‘उपचारमा खटिएका सिस्टर, नर्स र डाक्टरकाे बयान लिइसकेका छौं ।’ उनले भने, “अन्य रिपोर्टहरू पनि तयार हुँदैछन् ।” संयाेजक गैरेका अनुसार छानबिन तिव्र रुपमा अगाडि बढेको छ । छानबिन सकिएपछि समितिले प्रतिवेदन तयार पार्नेछ ।

Jeewan and Rajan Tailors

गुल्मी अस्पतालमा मंगलबार बिहान उपचारको क्रममा अर्घाखाँचीकाे छत्रदेब गाउँपालिका-७ काउलेकी छ वर्षीया प्रशंसा मरासिनीकाे मृत्युु भएको थियो । सामान्य पेट दुखेर अस्पताल ल्याएको र मंगलबार बिहानसम्म चिया बिस्कुट खान्छु भन्ने छाेरीकाे अस्पतालकाे लापरबाहीका कारण मृत्युु भएको आफन्तकाे आरोप छ ।

The Star Family Restaurant

बालिकाकाे मृत्युपछि मंगलबार दिनै‍भर गुल्मी अस्पताल र जिल्ला प्रशासन गुल्मी तनावग्रस्त बनेको थियो । मृतकका आफन्तले मृतकको न्यायका लागि भन्दै दिनभर आन्दोलन गरेका थिए । आन्दोलन अन्तर्गत टायर बालेर जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडि प्रदर्शन गर्ने क्रममा अर्घाखाँचीका तीन जना युवा घाइते भएका थिए । उनीहरुको शरीर आगाेले जलेको थियो । अवस्था भने सामान्य रहेको छ । आन्दोलनपछि सराेकारवाला निकायको छलफलले छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । त्यसपछि घटना साम्य बनेको हो ।

मृतक बालिकाकाे पाेष्टमार्टमपछि अन्त्येष्टि गरिसकिएको छ । छानबिन निष्पक्ष हुनुपर्ने र दोषीमाथि हदैसम्मको कारबाही हुनुपर्ने मृतकका आफन्तकाे माग रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया