गुल्मीबाट बुटवल जाँदै गरेको स्कार्पियाे दुर्घटना : तीन जनाको मृत्युु



सन्तोष महतारा


गुल्मी । गुल्मीबाट बुटवल जाँदै गरेको स्कार्पियाे पाल्पामा दुर्घटना भएको छ । पाल्पाको रिब्दिकाेट गाउँपालिका-२ जाेर्तेमा लु १ ज ४६०० नम्बरको स्कार्पियाे बुधबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जनाको मृत्युु भएको पाल्पाको रिब्दिकाेट गाउँपालिका-२ का वडाध्यक्ष ओमप्रसाद पाेखरेलल जानकारी दिए । बच्चासहित ७ जना घाइते भएका छन् ।

Jeewan and Rajan Tailors

घाइतेको पाल्पा तानसेनमा उपचारको लागि लैजाने क्रम जारी छ । स्कार्पियाे चालकमार्फत आफै सम्पर्क गरेर यात्रु सवार रहेकोले परिचय खुल्न सकेको छैन् ।

The Star Family Restaurant

सवारी चालक बाहेकलाई यात्रुको बारेमा जानकारी नभएको र चालक घाइते रहेकोले परिचय खुल्न नसकेको हो । स्कार्पियाे रुरु रेसुङ्गा यातायात प्रालि अन्तर्गत रहेको प्रालिका सम्पर्क ब्यक्ति ओशन काउछाले जानकारी दिए । चालकले बुटवल जाने अनुमती लिएको (टिपसुल काटेको) तर यात्रु आफै सम्पर्कमा ल्याएर स्कार्पियाे छुटेको काउछाले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया