गुल्मी अस्पतालमा सामान्य बिरामी भएकी सात वर्षीया बालिकाकाे मृत्यु



सन्तोष महतारा


गुल्मी । गुल्मी अस्पतालमा सामान्य बिरामी भएकी सात वर्षीया बालिकाकाे उपचारको क्रममा मृत्यु भएको छ । गुल्मीको सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा अर्घाखाँचीकाे छत्रदेब गाउँपालिका-७ काउलेकी ७ वर्षीया प्रशंसा मरासिनीकाे मृत्यु भएको हो ।

सामान्य पेट दुखेर अस्पताल भर्ना भएकोमा अस्पतालकाे चरम लापरबाहीका कारणले बिरामीको मृत्यु भएको मृतकका आफन्त देबिराम पन्थीले बताए । अस्पतालकाे लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव उठाउन मानेका छैनन् ।

Jeewan and Rajan Tailors

गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र जिसीले बिरामीको रिपोर्ट सामान्य रहेको भन्दै मृत्युको कारणबारे जानकारी दिन सकेका छैनन् । बिरामी मृत्युको कारण समेत भन्न नसकेपछि डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको आफन्तले बताएका छन् ।

The Star Family Restaurant

सामान्य बिरामी भएकी बालिकाकाे मृत्यु भएकाे र अस्पतालले चरम लापरबाही गरेको भन्दै गुल्मी अस्पतालमा अहिले स्थिति तनावग्रस्त भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया