अरिङ्गालले टाेक्दा गुल्मीमा २१ वर्षीय युवाको मृत्यु



सन्तोष महतारा


गुल्मी । अरिङ्गालले टाेक्दा गुल्मीमा २१ वर्षीय युवाको मृत्यु भएको छ । जिल्लाको मुसिकाेट नगरपालिका वडा नम्बर ४ कालढुङ्गाका शैलेस सिंह ठकुरीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार, साेमबार साँझ ६ बजेको समयमा उनी साथीहरूसँग मुसिकाेट नगरपालिका वडा नम्बर ३ मा रहेको देविस्थान सामुदायिक जंगलमा अरिङ्गाल पाेल्न गएका थिए । बुबा भगवान सिंह ठकुरीका अनुसार अरिङ्गालले टाेक्दा घाइते शैलेस राति घरमा आएर सुतेको र मंगलबार बिहान उपचारको लागि गुल्मीको सदरमुकामस्थित गुल्मी अस्पतालमा ल्याइएको थियो । उनलाई बिहान साढे ८ बजे गुल्मी अस्पतालले मृत घाेषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Jeewan and Rajan Tailors

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया