सम्पर्कबिहिन दुई बालिका मध्ये एक बालिका भेटिइन्



सन्तोष महतारा


गुल्मी । गुल्मीबाट शनिबार रातिदेखि सम्पर्कबिहिन भएका दुई बालिका मध्ये एक बालिका भेटिएकी छिन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ का १४ र १५ वर्षीया दुई बालिका सम्पर्कबिहिन भएका थिए ।

जसमध्ये शोभाना घिमिरेकी छोरी १४ वर्षीया पुष्पा घिमिरे गुल्मीको सदरमुकाम तम्घासको बसपार्कस्थित एक होटलमा भेटिएकी हुन् । तर, उनीसँगै हराएकी सोही स्थानकी तारा घिमिरेकी छोरी १५ वर्षीया जुना घिमिरे भने अझै सम्पर्कबिहिन छिन् ।

Jeewan and Rajan Tailors

२१ गते बिहान घरमा नभएपछि उनीहरुका ठुलोबुबा चित्र बहादुर महताराले १४ र १५ वर्षीया दुई बालिका हराएको र खोजतलास तथा हुलिया परिपत्र गरी पाउँ भनि निवेदन आएपछि खोजी कार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको थियो ।

The Star Family Restaurant

प्रहरीका अनुसार, हराएका मध्ये पुष्पा भेटिएको र जुनाको खोजी कार्य तिव्र पारिएको छ । भेटिएकी पुष्पालाई थप सोधपुछ गरि जुनालाई सम्पर्कमा ल्याउने कार्य भइरहेको छ ।

पुष्पामा अनुसार पुष्पा र जुना तम्घासस्थित बसपार्कको एक होटलमा आइतबार साँझदेखि बसेका थिए । बिहान आफुहरुलाई खोज्दै आएको जानकारी आएपछि जुना भागेको आफु भने सम्पर्कमा आएको पुष्पाले जुनाकी आमा तारा घिमिरेसँग बताएकी छिन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया