गुल्मीमा पनि फैलियो आँखा पाक्ने रोग



सन्तोष महतारा


गुल्मी । पछिल्लो समय देशभर बढ्दै गएको आँखा पाक्ने रोग गुल्मीमा पनि फैलिएको छ । पछिल्लो दुई दिनमा मात्रै आँखा पाक्ने रोगका बिरामी अत्याधिक मात्रामा बढेको पाइएको हो ।

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीमा आँखाको उपचार गराउन आएका अधिकांश बिरामीलाई आँखा पाक्ने समस्या देखिएको केन्द्रका बिरबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, आँखाको उपचार गराउन आएका मध्ये ८० प्रतिशतमा आँखा पाक्ने रोगको समस्या देखिएको छ । पछिल्लो दुई दिनमा आँखा पाक्ने रोगका बिरामीको संख्या बढेको आँखा उपचार केन्द्रका कार्कीले बताए । हालसम्म गुल्मीमा ७० जनामा आँखा पाक्ने रोगको समस्या देखिएको आँखा उपचार केन्द्रले जनाएको छ । दैनिक ३० देखि ४० जनाको दरले यस्ता बिरामी उपचार गराउन आइरहेका छन् ।

Jeewan and Rajan Tailors

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीका प्रमुख सुर्य बस्नेतले पछिल्लो समय फैलिएको आँखा पाक्ने रोग गुल्मीमा पनि आएकोले सावधानी हुनुपर्ने बताए । उपचार गराउन आएका अधिकांश बिरामीमा आँखा पाक्ने समस्या देखिएको भन्दै बस्नेतले यसबाट बँच्नको लागि आम सर्वसाधारणलाई आग्रह गरे ।

The Star Family Restaurant

केन्द्रका प्रमुख बस्नेतका अनुसार, आँखा पाक्ने रोगबाट बँच्नको लागि आँखाको सुरक्षा, चिसो पानी आँखामा नराख्ने, नचिलाउने, आँखा नमिच्ने, भिडभाडमा नजाने, तौलिया र रुमाल आफुले मात्र एकल प्रयोग गर्ने लगायतका क्रियाकलाप गर्नुपर्दछ ।

साथै आँखा पाक्ने रोगको संक्रमण भइहालेमा चिसो बरफ वा आइसले सेक्ने, पर्याप्त मात्रामा पानी पिउने, आँखा छुनु भन्दा अगाडि राम्रोसँग साबुनपानीले हात धुने, कालो चश्माको प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि हात सफा गर्ने, आफुले प्रयोग गरेका तौलिया र रुमाल जस्ता सामाग्री अरुलाई प्रयोग गर्न नदिने गरेमा पाकेको आँखा छिटै निको गर्दछ ।

आँखामा अझ बढी समस्या देखा परेमा नजिकको आँखा उपचार केन्द्रमा गएर परीक्षण गर्न र चिकित्सकको सल्लाह लिएर औषधिको प्रयोग गर्न सकिन्छ । आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्कोमा सर्छ । संक्रमित व्यक्तिले आँखा मिच्दा उसको हातमा कीटाणु टाँसिन्छन् र त्यही हात अर्को व्यक्तिसँग मिलाउँदा रोग सर्छ । आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल, लुगाकपडा, कम्प्युटर, ल्यापटप, मोबाइल अर्को व्यक्तिले चलाउँदा यो रोग सर्ने सम्भावना हुन्छ । आँखा पाक्ने रोगलाई चिकित्सकीय भाषामा ‘कन्जक्टीवाइटिस’ भनिन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया