गुल्मीको चन्द्रकोटमा चियाका बिरुवा रोपण



सन्तोष महतारा


गुल्मी । गुल्मीको चन्द्रकोटमा पाँच सय चियाका बिरुवा रोपण गरिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिकाले झुलेनी पर्यटन क्षेत्रमा चिया संरक्षण तथा व्यवस्थापन समितिले चियाका बिरुवा रोपण गरेको हो ।

झुलेनी पर्यटन क्षेत्रको सौन्दर्यतामा विकास गरि आन्तारिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले वडा नम्बर ५ ग्वाघाको सोही क्षेत्रमा चियाका बिरुवा रोपण गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिए ।

Jeewan and Rajan Tailors

सामुन्द्रिक सतहदेखि करिब एक हजार चार सय मिटर अग्लो स्थानमा चियाको सम्भाव्यता अध्ययनका लागि हालको बिरुवा रोपणले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकामै चियाको वृहत्तर परियोजनका रूपमा यस क्षेत्रमा करिब चियाका बिरुवा रोपिएको हो ।

The Star Family Restaurant

चिया तथा कफी विकास बोर्डको सुझाव बमोजिम उचाइमा हुने अर्थोडक्स प्रजातिको चियाका बिरुवा रोपिएको चन्द्रकोट गाउँपालिका अध्यक्ष केसीले बताए । उनले प्राविधिकले भनेअनुसार परिक्षणका लागी चियाका बिरुवा रोपण गरि राम्रो भए थप क्षेत्रमा बिस्तार गरिने उनले बताए । ‘व्यवसायिक तथा सौन्दर्यता वृद्धि गर्न नवीनतम कार्यको सुरुवात गरेका छौं’ उनले भने, “हामीले बिरुवाको संरक्षण र हेरचाह पनि गर्छां ।” गाउँपालिकाले चिया खेतीको सम्भाव्यता अध्ययनपछि थप विस्तार गरेर लैजाने गाउँपालिका अध्यक्ष युवराज केसीले बताएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया