गुल्मीका भौतिकशास्त्री डा. ज्ञवाली ‘अन्तर्राष्ट्रिय युवा वैज्ञानिक अवार्ड’ बाट विभुषित



सन्तोष महतारा


गुल्मी । गुल्मीका भौतिकशास्त्री डा. घनश्याम ज्ञवाली ‘अन्तर्राष्ट्रिय युवा वैज्ञानिक अवार्ड’ बाट विभुषित भएका छन् । गुल्मी जिल्लाको बलिथुममा जन्मिएर सन् २०१२ देखि दक्षिण कोरियालाइ कर्म क्षेत्र बनाउंदै आएका डा. ज्ञवाली भर्खरै अन्तर्राष्ट्रिय युवा बैज्ञानिक अवार्ड (International Young Scientist Award) बाट विभुषित भएका छन् ।

स्थानीय थाक्सीपोखरा माध्यमिक विद्यालयबाट आफ्नो विद्यालयतहको शिक्षा लिई पाल्पा जील्लाको तानसेन अवस्थित त्रिभुवन बहुमुखी क्याम्पस बाट भौतिकशास्त्रमा बि.एस.सी सम्मको अध्ययन पुरा गरेका ज्ञवाली सन् २०१२ मा नेपाल सरकार द्वारा कोरियामा कामदार पठाउने पद्धति ई.पि.एस बाट पहिलो पटक कोरिया प्रवेश गरेका थिए । करिब पाँच वर्षको पहिलो कार्यकाल पुरा गरेका ज्ञवाली आफ्नो अध्ययन नियमित अगाडि बढाउने उद्देश्यका साथ पुर्ण छात्रवृति प्राप्त गर्न सफल रहि सन् २०१७ मा कोरियाको दक्षिण पुर्वमा अवस्थित थेगु विश्वविधालयमा भौतिकशास्त्र अन्तर्गत Materials Science and Energy Engineering Laboratory मा भर्ना भएका थिए ।

Jeewan and Rajan Tailors

विशेष गरि Rechargeable battery tyf Supercapacitor विषयक खोज तथा अनुसन्धानमा उत्कृष्ठ उपलब्धिका साथ सन् २०१९ मा एम्.एस.सी पुरा गरेका ज्ञवाली सोहि ल्याबमै पुर्ण छात्रवृतिसंगै पि.एच.डि स्कलर बन्न सफल रहेका थिए । Green Energy, Its storage and conversion विषयक अनुसन्धानात्मक आलेखहरु (Research Papers) अत्यन्तै प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनरलमा करिब दुइ दर्जन पब्लिकेशन लगाएतको उपलब्धि संगै उनि सन् २०२२ मा पि.एच.डि उपाधिबाट विभुषित भएका थिए। मास्टर्स डिग्री देखिनै विश्वविधालयमा उत्कृष्ठ छाप पार्न सफल रहेका डा. ज्ञवाली पि.एच.डि उपाधि लगत्तै सोहि विश्वविधालयमा Postdoctoral Position मा सिनिअर रिसर्चर बन्न सफल रहेका छन् भने आगामी महिना देखि रिसर्च प्रोफेसरमा पदोन्नति हुने खबर सुनाएका छन् ।

The Star Family Restaurant

 

  • यसै सन्दर्भमा लाइभ गुल्मीले डा.ज्ञवालीसँग गरेको संक्षिप्त कुराकानी संक्षेपमा 

 

प्रारम्भिक शिक्षा स्थानिय विद्यालयबाट र भौतिकसास्त्रमा बि.एस.सी. तहको उच्चशिक्षा सम्म सबै सरकारी शिक्षणसंस्थाबाट प्राप्त गरेको भन्नुभो, त्यसपछि मास्टर्स डिग्रीको लागि अन्तर्राष्ट्रिय तहको विश्वविधालय अध्ययन त्यो पनि ५/५ वर्षको अन्तराल पछि यहाँलाई भाषागत तथा विषयगत समस्या परेन ?

विद्यालय तह देखि नै विज्ञानका विशेष गरि प्रयोगात्मक कार्यहरु गर्न एकदमै मन पर्थ्यो, गणितका हिसाबहरु गर्दागर्दै त कति रात नै बित्थे। जति पढ्यो उति आनन्द। संगै पढ्ने साथिहरुलाई नै ट्युशन पढाँउथेँ । संयोगले मेरो इच्छा अनुरुप भौतिक सास्त्रमा वि.एस.सी सम्म पढ्ने अवसर मिल्यो। नेपालमा प्राप्त मेरा सबै तहका शिक्षा सरकारी शिक्षण संस्थामा आर्जन भएकोले पनि होला मलाई अंग्रेजी विषय अलिक असहज लाग्थ्यो। कोरिया प्रवेश गरेपछि, जब अध्ययनलाइ निरन्तरता दिने योजना बन्यो, काम बाट बाँकि रहेको समयमा कोरियन र अंग्रेजी भाषा स्व-अध्ययन गरि पुर्ण छात्रावृति प्राप्त गर्ने सफलता मिल्यो। वि.एस.सी पछिको समयान्तरले गर्दा पनि भाषागत भन्दा विषयगत रुपमा थप मेहनत गर्नु पर्यो ।

स्वदेश र विदेशमा आर्जन गरिने शिक्षा प्रणाली र प्राविधिक सिकाई सम्बन्धमा तपाईले कस्तो भिन्नता पाउनुभो ? नेपालमा वर्तमान शिक्षा निति केहि परिमार्जन गरिनु पर्ने छ जस्तो लाग्छ? तपाईंले त्यहाँ आर्जन गरेको ज्ञान र सिप शिक्षा र अनुसन्धान क्षेत्रमा नेपालमा कसरी लागु गर्न सक्नुहुन्छ ?

हाम्रो देश विकासको क्रममा विस्तारै पाईला अगाडि बढाउंदैछ। यस्तो देशमा नवप्रवर्तन तथा अनुसन्धानले प्रत्यक्ष प्रभाव पार्दछ। नेपालको शिक्षा निति तथा अध्ययन-अध्यापन शैलि विदेशको भन्दा अलिक फरक छ। सैदान्तिक पक्षलाई मात्र अलिक जोड दिएको जस्तो देखिन्छ तर पछिल्लो समय चाँहि केहि फरकपन देखिन पनि पाईन्छ। वर्तमान शिक्षा प्रणालीलाइ पुर्ण रुपमा व्यवहारिक बाटोमा परिमार्जन गर्नुपर्ने नै छ। यहाँ रहदा मैले विशेष गरेर नविकरणीय उर्जा शक्ति, यस्को उत्पादन/परिमार्जन तथा संचय सम्बन्धमा काम गरिरहेको छु। यो विषयान्त खोज-अनुसन्धान नेपालको परिवेशमा अझ बढि आवश्यक छ जस्तो लाग्छ। यहि क्षेत्रलाई केन्द्रविन्दु बनाएर प्रयोगात्मक रुपमा अध्ययन गर्दै लागु गर्ने संकल्प छ। यो कार्यको लागि सरोकारवालाहरुबाट पनि निति तथा कार्यक्रम लगाएत बजेट विनियोजन माध्यमबाट अग्रसरता हुनुचांहि अति आवश्यक छ।

तपाईंले वैदेशिक यात्रा र उच्चशिक्षाको क्रममा भोग्नुभएका सबैभन्दा दुःखद् र सुखमय पलहरु बताउनुस् न । अनि यो उपलब्धि प्राप्त गर्दासम्म सम्झिनै पर्ने सबै भन्दा बढी कसको नाम लिनुहुन्छ ?

महिनाको बच्चा संगै घर-परिवारलाइ छोडेर पहिलोपटक विदेश हिड्दाको क्षण नरमाईलो संग दिमागमा बिज्छ। यस्तै थुप्रै छन् दुःख र संघर्षका समयहरु। मैले गरेको रिसर्च आलेख पहिलोपटक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित हुंदा र पि.एच.डी उपाधि पछि पहिलोपटक घरमा जाँदा घर-परिवार र समाजले नै पन्चेबाजा सहित स-सम्मान गाँउ प्रवेश गराएको पल सुखद् बनेर रहेको छ। मेरो परिवार मेरा हरेक सपना र कामकारोबारको धरोहर हो। सबै तहका गुरुहरु, साथि-भाई, अग्रजहरु, मेरा हरेक सफलतामा हौसला दिने र साथमा रहिरहने सबै प्रेरणीय व्यक्तित्वलाई सदा सम्झिन्छु।

गुल्मीमा जन्मिएका स्थानीय विद्यालयको औपचारिक शिक्षा, सरकारी विश्वविधालयबाट भौतिकशास्तरमा बि.एस.सी सम्मको उच्च शिक्षा संगैको विधालय अध्यापनलाई अस्थायी रुपमा विट मारेर कामदारको रुपमा दक्षिण कोरिया प्रवेश गरेका डा. ज्ञवालीको लगान, त्याग र संघर्ष पछिको यो उपल्ब्धी अत्यन्तै प्रेरणीय रहेको चर्चा गरिन्छ । संसार भरका हजारौँ वैज्ञानिकहरुको भिडबाट आफ्नो उत्कृष्ठ योगदानका साथ यहि वर्ष जुलाईमा सिंगापुरमा भएको 9th edition of International Young Scientist Award बाट विभुषित भएका डा. ज्ञवालीको यो समाचारले देश-विदेशमा रहेका अन्य वैज्ञानिक, रिसर्चर्स, विधार्थी तथा कामदाहरुलाई समेत प्रेरणाको स्रोत बन्नेछ भने देशले एउटा सफल वैज्ञानिक प्राप्तिको अनुभुति गर्न पाउने आशा रहेको उनले बताउँछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया