गुल्मीमा घर भत्किँदा तीन जना घाइते



सन्तोष महतारा


गुल्मी । गुल्मीमा घर भत्किँदा तीन जना घाइते भएका छन् । जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर २ भेडीखाेरमा मुक्त बहादुर घर्तीकाे घर भत्किँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

उनका अनुसार, बुधबार बिहान मुक्त बहादुर घर्तिको टिनले छाएको ढुङ्गा माटोले बनेको दुई तले कच्चि घरको पुर्व तर्फको भित्ता भत्किएकाे थियो । साेही क्रममा उक्त घरको पिडिमा बसेकी छोरी १२ वर्षीया करिस्मा घर्ती, छोरा ९ वर्षीय हिक्मत घर्ती र साेही ठाउँका वर्ष ९ को हिक्मत घर्ति र साेही ठाउँमा बस्ने छिमेकी १० वर्षीय अम्मर परियार घाइते भएका छन् ।

Jeewan and Rajan Tailors

घाइतेको टाउकोमा चोट लागेको छ । अवस्था सामान्य रहेको तिनै जना घाईतेलाई उपचारको लागी मदाने सामुदायिक स्वास्थ्य केन्द्र गुल्मीमा पुराइएकाे पाण्डेले लाइभ गुल्मीलाई बताए । घटनास्थल तर्फ प्रहरी जाँदै गरेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए ।

The Star Family Restaurant

  • घाइतेको उपचार हुँदै           

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया