इस्मा गाउँपालिका बजेट : स्वास्थ्य, शिक्षा, खानेपानी र कृषि प्राथमिकता



सन्तोष महतारा


गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र उद्योगलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले आर्थिक वर्ष २०८०/०८१ का लागि आइतबार गाउँसभामा सोही क्षेत्र प्राथमिकतामा राखेर बजेट पेश गर्नुभएको हो ।

गाउँसभाबाट पारित नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४३ करोड ५३ लाख ६३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Jeewan and Rajan Tailors

स्यानिटरी प्याड निःशुल्क
इस्मा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई निकै प्राथमिकताका साथ बजेट विनियाृजन गरेको छ । जस अन्तर्गत गाउँपालिका भित्र रहेका महिनावारी हुने उमेर समूहका सबै महिलाको लागि गाउँपालिकाले निःशुल्क स्यानिटरी प्याडको लागि बजेट व्यवस्था गरेको छ ।

The Star Family Restaurant

त्यस्तै विपन्न नागरिक सहायता कोष, निःशुल्क एम्बुलेन्स, सुत्केरी पोषण, निःशुलक स्वास्थ्य शिविर, मोतियाविन्दुको निःशुल्क शल्यक्रिया र घुम्ती नर्स लगायतका थुप्रै कार्यक्रममा आवश्यक बजेटको व्यवस्था गाउँपालिकाले गरेको छ ।

पढ्दै कमाउँदै
गाउँपालिकाले शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिएर विभिन्न कार्यक्रम अगाडि सार्दै बजेटको व्यवस्था गरेको छ । जस अन्तर्गत गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रमलाई विद्यालयमा प्रभावकारी रुपमा अगाडि बढाउने भएको हो ।

त्यस्तै शिक्षक बैंक, स्वंसेवक शिक्षक, कृषि प्राविधिक अध्ययन गरि उत्कृष्ट एक जनालाई एक वर्ष जागिर, कक्षा ८, १० र १२ उत्तिर्ण विद्यार्थीलाई पुरस्कार, उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति, प्रतिभा पहिचान, स्थानीय पाठ्यक्रम लागु र इस्मा प्राविधिक छात्रवृत्ति लगायतका कार्यक्रम अगाडि सार्दै बजेटको व्यवस्था गरेको बजेट तर्जुमा समिति संयोजक उपाध्यक्ष पार्वती कुँवरले बताउनुभयो ।

प्रत्येक वडामा कृषि उद्योग
गाउँपालिकाले प्रत्येक वडामा कृषिसँग सम्बन्धित उद्योगको स्थापना गर्न प्रोत्साहन गर्ने गरि बजेटको व्यवस्था गरेको छ । जस अन्तर्गत वडा नम्बर १ मा कृषि नर्सरीमा बेर्ना उत्पादन उद्योग, वडा नम्बर २ मा बालुवा प्रशोधन उद्योग, वडा नम्बर ३ मा डाले घाँसका बिरुवा उत्पादन उद्योग, वडा नम्बर ४ मा लसुन खेती, वडा नम्बर ५ मा पशुपन्छी तथा कृषि सम्बन्धि र वडा नम्बर ६ मा बैमौसमी तरकारी उत्पादन लगायतका कार्यक्रमका लागि बजेट विनियोजन भएको छ ।

त्यस्तै पुष्प खेती, जैविक मल उत्पादन, मागमा आधारित कृषि सामग्री व्यवस्थान, कृषि तथा पशु उपजलाई बजारीकरणमा सहजीकरण लगायतका कार्यक्रम अनुसरा बजेटको विनियोजन गरिएको गाउँसभामा जानकारी गराइएको थियो ।

घरेलु मदिराको ब्राण्डिङ
इस्मा गाउँपालिकाले गरिब, अति विपन्न तथा लक्षित वर्गका नागरिकको आयआर्जनद्धारा जीवनस्तर सुधार्न घरेलु मदिराको उत्पादनलाई प्रोत्साहित गर्न बजेट विनियोजन गरेको छ । यसरी घरेलु मदिरा ब्राण्डिङ हुनेछ ।

गाउँपालिकाले सेरामिक्सको मायाको चिनो, कुटिर उद्योग स्थापना, दाना उद्योग, बाँसका सामग्री निर्माण, झोला उद्योग, डेरी संचालन प्रवद्र्धन, सुपथ पसल संचालन र आरन सुधार लगायतका कार्यक्रममा बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले देउराली पर्यटन पार्क र चौरासी सालबोट पिकनिक स्पोट निर्माण गर्नको लागि बजेट विनियोजन गरेको छ । गाउँपालिको खानेपानी सरसफाई बोर्ड र लगायत गाउँपालिका भर खानेपानीको समस्या समाधान गर्नको लागि थुप्रै खानेपानी आयोजना संचालन गर्नको लागि बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले सँस्कृति संरक्षणमा पनि थुप्रै कार्यक्रम अगाडि सारेको छ । खेलकुद क्षेत्रमा इस्मा कम लगायतका कार्यक्रम अगाडि बढेका छन् । लैङ्गिक समानताका कार्यक्रम, स्थानीय सडक तथा पुल साथै पूर्वाधारका कार्यक्रम, भवन तथा सहरी विकास कार्यक्रम, वन तथा वाताबरण र विपद् सम्बन्धी कार्यक्रम, लुघु उद्यम सम्बन्धी कार्यक्रम, संस्थागत विकासमा कार्यक्रम, सुशासन प्रवद्र्धन र अन्य भौतिक विकास निर्माणका कामलाई पनि गाउँपालिकले प्राथमिकता दिएर अगाडि बढाएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताउनुभएको छ ।

इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले आगामी आर्थिक वर्षको लागि वार्षिक नीति तथा कार्यक्रम अनुसार बजेटको प्रवन्ध भएकोले उल्लेखित सबै कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुने बताउनुभएको छ । उहाँले इस्मा गाउँपालिकालाई जनमैत्री र सुशासनमैत्री बनाउनको लागि आफुहरु विभिन्न प्रकारका कार्यक्रम अगाडि ल्याएको बताउनुभयो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया