इस्मा गाउँपालिकाकाे हस्तिचाैर पूर्ण संस्थागत प्रसुति वडा घाेषणा



सन्तोष महतारा


गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचाैरलाई पूर्ण संस्थागत प्रसुति वडा घाेषणा गरिएको छ । इस्मा गाउँपालिका स्वास्थ्य शाखाले साेमबार हस्तिचाैर स्वास्थ्य चाैकीमा घाेषणा सभाको आयोजना गरि पूर्ण संस्थागत प्रसुति वडा घाेषणा गरिएको हो ।                                                                                                                                                  इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले वडा नम्बर १ हस्तिचाैर र हस्तिचाैर स्वास्थ्य चाैकीलाई सम्मानपत्र दिँदै वडालाई पूर्ण संस्थागत प्रसुति वडा घाेषणा गर्नुभयो ।

पूर्ण संस्थागत प्रसुति वडा घाेषणा गर्नका लागि सबै मापदण्ड पूरा गरेर वडालाई पूर्ण संस्थागत वडा घाेषणा गरिएको हस्तिचाैर स्वास्थ्य चाैकीका इञ्चार्ज शमशेर हक मियाँले जानकारी दिए । उनका अनुसार गएको एक वर्षमा वडा भित्रका गर्भवती महिलाहरूले स्वास्थ्य चाैकीमा मात्र प्रसुति गराएका छन् । हस्तिचाैर वडामा घरमा प्रसुति हुने अवस्थाकाे अन्त्य भएको छ ।

Jeewan and Rajan Tailors

हस्तिचाैर वडाका वडाध्यक्ष शेर बहादुर कुँवरले आर्थिक र सामाजिक अवस्था कमजोर हुँदाहुँदै पनि वडालाई पूर्ण संस्थागत प्रसुति वडा घाेषणा गर्न सकिएकाेमा खुसी ब्यक्त गरे ।

The Star Family Restaurant

कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा वडालाई पूर्ण संस्थागत प्रसुति घाेषणा गर्दै गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले स्वास्थ्य क्षेत्रमा संवेदनशील भएर काम अगाडि बढाएको बताए । नागरिक मैत्री सेवाको लागि इस्मा गाउँपालिका सदैव तयार रहेको बताउँदै गाउँपालिका अध्यक्ष खड्काले स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरेको बताएका थिए  ।                                                                                           

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया