एक सय २६ सुकुम्बासीलाई निस्सा प्रदान



सन्तोष महतारा


गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा एक सय २६ सुकुम्बासीलाई निस्सा प्रदान गरिएको छ । नगरपालिकाको चार वडाका एक सय २६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरिएको हो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राम मल्ल ठकुरीका अनुसार मुसिकोट नगरपालिकामा ४५ भूमिहिन दलित, १९ जना भुमिहिन सुकुम्बासी र एक सय ७३ अव्यवस्थित बसोबासी रहेका छन् । “निस्सा पाएपछि तपाईंहरुको एउटा चरण पूरा भयो । अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढ्छ ।” जिल्ला अध्यक्ष ठकुरीले भन्नुभयो । बाँकी रहेका सुकुम्बासीलाई निस्सा प्रदान गर्ने प्रक्रिया अगाडि बढेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीका विज्ञ सदस्य तिलाचन पाण्डेले जानकारी दिनुभयो ।

Jeewan and Rajan Tailors

मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले विभिन्न कारणले सुकुम्वासी बनेका नागरिकहरूलाई जमिनको मालिक बनाउने कामका लागि आफुहरु निरन्तर खटिएको बताउनुभयो । गुल्मीका १२ स्थानीय तहमा दुई सय ८५ जना भूमिहीन दलित, दुई सय ३६ जना भूमिहीन सुकुम्बासी र एक हजार छ सय २६ जना अव्यवस्थित गरि दुई हजार एक सय ४७ घरपरिवार सुकुम्बासी रहेका छन् ।

The Star Family Restaurant

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया