रविलाई गृहमन्त्री नबनाएको भन्दै जुम्लामा आत्मदाहकाे प्रयास



सन्तोष महतारा


जुम्ला । रवि लामिछानेलाई गृहमन्त्री नबनाएकाे भन्दै जुम्लामा एक पुरुषले आत्मदाहकाे प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ । प्रहरी निरीक्षक यामबहादुर बुढामगर भन्छन्, ‘ कुनै दुर्घटना हुन पाएन, थप प्रहरी अनुसन्धानबाट खुल्ला ।’ उनको अहिले उपचार भइरहेको छ ।

Jeewan and Rajan Tailors

कार्कीले शरिरमा पेट्रोल छर्किएकाे देखेपछि आगाे लगाउन नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन पनि गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया