६५ लाख खर्चेर बाख्रा पालन



Live Gulmi


गुल्मी । गुल्मीमा ६५ लाख खर्चिएर बाख्रा पालन सुरु गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ मा नारायण प्रसाद पन्थले सोही रकम लगानीमा बाख्रा पालन सुरु गरेका हुन् ।

बिश्वभर फैलिएको पहिलो चरणको कोरोना महामारीको समयमा बैदेशीक रोजगारका लागि कतारमा रहेका पन्थले आफु गाउँ फर्केर बाख्रा पालन व्यवसाय सुरु गरेको बताए । कृषि र पशुपालनबाटै दिगो आर्थिक उपार्जन हुने र जस्तो सुकै परिस्थतीमा पनि व्यवसायमा नोक्सान नहुने भएकोले बाख्रा फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका हुन् । पन्थले छत्रदेवी कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका छन् । नारायणलाई श्रीमती पार्वती पन्थले पनि साथ दिइरहेकी छिन् ।

Jeewan and Rajan Tailors

बाख्रा पालनसँगै घाँस र सुन्तला खेती गरेका नारायणले गर्दै वार्षिक छ लाख आम्दानी गर्दै आएका छन् । पन्थले घाँस खेती अन्तर्गत किम्बु, राईखन्यु, नेपियर, ग्वाटेमाला र मुलाटो लगायतका बिरुवाहरु रोपण गरेका छन् । “कोरोनाले बिदेशमा जाथिर भरपर्दो नहुने भन्ने स्पष्ट बुझेँ”, नारायणले भने, “घरपरिवार सँगै बसेर कृषि र पशुपालन गर्न सकिने भएकोले बाख्रा पालन सुरु गरेको हुँ ।” कतारमा मासिक एक लाख २० हजार कमाउँदै आएका नारायणले त्यो त्यागेर गाउँघरमै व्यवसाय सुरु गरेका हुन् ।

The Star Family Restaurant

श्रीमान् नारायणसँगै बाख्रा पालनमा तल्लीन पार्वती पनि गाउँघरकै व्यवसायबाट सन्तुष्ट छिन् । बिदेशमा गएर धेरै रकम कमाउनु भन्दा गाउँमै जीविकोपार्जनका बाटाहरु खोजेमा राम्रो हुने पार्वतीको अनुभव छ । श्रीमान्को १० वर्षे वैदेशिक अनुभवले गाउँमै व्यवसाय गर्दा आफुहरु निकै सन्तुष्ट रहेको पार्वती पन्थले बताइन् । पन्थको आधुनिक बाख्रा फर्म छ ।

फर्ममा ४० माउ बाख्रा, ४० रोपनी जग्गामा घाँस खेती र आठ रोपनी जग्गामा सुन्तला खेती गरेको पन्थले बताए । बिदेशमा गएर १० वर्षसम्म कमाएको रकम आफ्नै गाउँठाउँमा केही व्यवसाय गर्ने उद्देश्यसहित लगानी गरेका पन्थले फर्मलाई थप व्यवस्थित बनाउँदै लगेका छन् ।

परम्परागत बाख्रा पालनलाई त्यागेर गाउँमै आधुनिकता तर्फ प्रवेश गरेका पन्थको फर्ममा आधुनिक खोर, घाँस काट्नको लागी च्याँपकटर, दानाको लागि कुटानी पिसानी मिल, मुत्र व्यवस्थापन र सानाठुला बाख्राको लागि छुट्टाछुट्टै खोर निर्माण भएको छ । बाख्रा फर्ममा जमुना पारी र खरी जातका स्थानीय बाख्राहरु छन् ।

पन्थको बाख्राको फर्मलाई छत्रकोट गाउँपालिकाले दुई लाख, कृषि ज्ञान केन्द्रले एक लाख र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र तम्घास गुल्मीले एक लाख रुपैयाँ अनुदान अघिल्लो वर्ष सहयोग गरेका थिए । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले कृषि र पशुपालनमा लाग्ने वास्ताविक कृषकहरुको साथमा आफुहरु रहेको बताउँछन् । छत्रकोट गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले कृषि र पशुपालनमा लामो समयसम्म टिकाइ राख्नको लागि योजना बनाइरहेको बताएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया