गुल्मी-१ मा रास्वपाका सागर ढकाल विजयी



Live Gulmi


गुल्मी । गुल्मीकाे क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी भएका छन् । उनले २९ हजार ६ सय ४२ मत प्राप्त गर्दा नेकपा एमालेका प्रदिप ज्ञवाली १५ हजार एक सय ८१ मत प्राप्त गरेका छन् ।
साथै नेपाली काँग्रेसका डा. चन्द्र भण्डारीले १३ हजार ५ सय ५ र नेपाली कम्युनिस्ट पार्टीका सुदर्शन बरालले ३ हजार १ सय ७६ मत ल्याएका छन् । यो अन्तिम मत मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी गराए ।
पेशाले इन्जिनियर रहेका ढकाल पछिल्लो समय नेपाली राजनीतिमा उदाउँदै गरेको नयाँ पुस्ताको प्रतिनिधि पात्रका रूपमा स्थापित हुँदै गएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि उनी राष्ट्रिय राजनीतिमा व्यापक रूपमा चर्चामा आएका हुन् । उक्त निर्वाचनमा उनले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष प्रतिस्पर्धा गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया