गुल्मीमा बालबालिकाको पोषण स्थिति लेखाजोखा गर्न तयारी  



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लामा ६ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकाको पोषण स्थिति लेखाजोखिम गर्न तयारी गरिएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका जिल्लाहरुमा बालबालिकामा पोषणसम्बन्धी विभिन्न समस्याहरूको पहिचान गरी, त्यसको आधारमा दीर्घकालीन समाधानका उपायहरू लागू गर्न लेखाजोखा गर्न लागिएको हो ।

स्वास्थ्यकार्यालय गुल्मीले जिल्लामा ६ महिना देखि पाँच वर्षसम्मका बालबालिकाको पोषण स्थिति लेखाजोखा सम्बन्धी स्वास्थ्यकर्मीहरुका लागि अभिमुखिकरण गरिएको छ । जिल्लामा आगामी वैशाख २ गतेदेखि १० गतेसम्म ६ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकाको पोषण स्थिति लेखाजोखिम गर्न तयारी गरिएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक पशुपति आचार्यले बताए ।

स्वास्थ्यकर्मीहरु जिल्लाका गाउँगाउमा पुगेर पोषण स्थिति कसरी लिने लगायतका विषमा जानकारी गराउने उदेश्यले कार्यक्रम गरिएको हो । पोषण अवस्था लेखाजोखा अवस्थाको चार विभिन्न तरिकाबाट गर्न सकिन्छ ।

bird conversation Add

त्यसका लागि जिल्लाका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुसँग ३ दिनसम्म छलफल तथा विभिन्न जानकारी मुलक प्रस्तुति दिइने आचार्यले बताए ।   त्यसका लागि जिल्ला स्थित १२ वटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य कर्मीहरुसँग छलफल गरिएको हो । लुम्बिनी प्रदेश सरकारले बालबालिकाहरूको पोषण अवस्थाको लेखाजोखा गर्न लागेको  छ । त्यस क्रममा गुल्मी जिल्लामा कसरी सञ्चालन गर्ने लगायत विषयमा स्वास्थ्य कर्मीहरुसँग छलफल गरिएको हो ।

( Jeevan rajan

यस कार्यक्रमले बालबालिकामा पोषणसम्बन्धी विभिन्न समस्याहरूको पहिचान गरी, त्यसको आधारमा दीर्घकालीन समाधानका उपायहरू लागू गर्नु प्रमुख उदेश्य रहेको आचार्यले बताए । स्थानीय स्वास्थ्य कार्यालयका अनुसार, बालबालिकाको पोषण अवस्थाको यथार्थमा विश्लेषण गर्न र सुधारका लागि आवश्यक कदम चाल्नको लागि यो अभियान सञ्चालन गर्न लागिएको उनले बताए । आगामी ६ महिनामा प्रत्येक बालबालिकाको तौल, उचाई, शरीरको मासु र हड्डीको संरचना, र आहारको बारेमा विस्तृत लेखाजोखिम गरिनेछ । यस अभियानमा स्वास्थ्यकर्मीहरू सक्रिय सहभागिता रहनेछ ।

खानपान लगायतका कुरामा ध्यान नदिदा कुपोषण, मानसिक र शारीरिक विकासमा गिरावट, र दीर्घकालीन स्वास्थ्य समस्याहरू बालबालिकामा धेरै देखिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । यस प्रकारको समस्यालाई सम्बोधन गर्नका लागि यी बालबालिकाको पोषण अवस्थाको लेखाजोखिम गर्नु अत्यन्त महत्वपूर्ण रहने उनले बताए  । यसबाट स्थानीय स्तरमा बालबालिकाको स्वास्थ्य स्थिति बुझ्न र तत्काल कदम चाल्न सकिने छ । समुदायलाई पोषणका बारेमा सचेत बनाउने र शिक्षा प्रदान गर्ने यो कार्यक्रमको प्रमुख लक्ष्य बनाउनु पर्ने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले बताए । जसमा पोषण सम्बन्धी महत्त्वपूर्ण जानकारी र आहारका सन्दर्भमा जनचेतना फैलाउन स्वास्थ्यकर्मीलाई आग्रह गरे । यस अभियानमार्फत, विशेष गरी ग्रामिण क्षेत्रका परिवारलाई पोषणसम्बन्धी सही जानकारी उपलब्ध गराइने खत्रीले बताए ।

जसले गर्दा उनीहरूको आहारमा सुधार ल्याउन मद्दत पुग्नेछ ।   बालबालिकाको सही आहार र पोषणले भविष्यका शारीरिक र मानसिक समस्याहरूबाट बच्न मद्दत पुर्याउँछ । अभियानलाई प्रादेशिक र राष्ट्रिय स्तरमा पनि ध्यान दिइएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुस्पा थापाले बताइन । गुल्मी जिल्लामा बालबालिकाको पोषण अवस्थालाई सुधार्नका लागि उक्त अभियान निकै प्रभावकारी साबित हुने विश्वास गरिएको छ ।

बालबालिकाको स्वास्थ्यका लागि सचेत र जिम्मेवार बनाउनका साथै, सरकार र स्थानीय निकायलाई यस समस्यामा प्राथमिकता दिन प्रेरित गर्ने उनले बताइन ।  अभियानले गुल्मी जिल्लामा बालबालिकाको दीर्घकालीन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र भविष्यमा पोषण सम्बन्धी अन्य समस्याहरूको समाधानमा मद्दत गर्नेछ भन्ने आशा आयोजकले लिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया