गुल्मीको भाडागाउँमा राष्ट्रिय प्रसारण लाइनकाे विद्युतीय सेवा सुचारु



सन्तोष महतारा


गुल्मी । गुल्मीको भाडागाउँमा राष्ट्रिय प्रसारण लाइनकाे विद्युतीय सेवा सुचारु भएको छ । जिल्लाकाे सदरमुकाम तम्घास नजिकै रहेर पनि रेसुङ्गा नगरपालिका वडा नम्बर ३ भाडागाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा नपुगेकोमा बुधबार रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गरेसँगै उनायचाैर सब-स्टेशनबाट भाडागाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा सुचारु भएको हो ।

बुधबार उनायचाैर सब स्टेशनबाट एक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले भाडागाउँ पुग्ने ११ केभी फिडरकाे उद्घाटन गरेसँगै भाडागाउँमा अब राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका निमित्त प्रमुख इन्जिनियर भरत पाेखरेलले जानकारी दिए । उनलेे भाडागाउँका नागरिकले धेरै पहिलेदेखि गुनासो गरिरहेकाे र रेसुङ्गा नगरपालिका प्रमुखले पहल गरेपछि आफूहरूले नयाँ बनेको उनाय चाैर सब-स्टेसनबाट नयाँ निस्किएको ११ केभी फिडरबाट विद्युतीय सेवा नयाँ रुट बनाएर उपलब्ध गराउन सकिएको इन्जिनियर पाेखरेलले बताए ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम खत्रीले भाडागाउँमा आजसम्म विद्युतीय सेवामा निकै सास्ती खेप्नुपरेको बताए । उनलेे सामुदायिक विद्युत् मार्फत मुसिकाेट र इस्मा हुँदै रेसुङ्गाकाे भाडागाउँमा आउने झन्झटिलो हुनुका साथै धेरै अवरोध सिर्जना हुने हुँदा समस्या हुने गरेको वडाध्यक्ष खत्रीले बताए । अब समस्याको समाधान भएकोमा उनलेे सबै नागरिकको तर्फबाट खुसी व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले भाडागाउँ र बेहाेरेबासीले महिनामा १५ दिन मात्रै राम्रोसँग सेवा पाउने बाँकी दिन समस्या खेप्नुपरेको समस्या बुझेको बताउँदै उक्त समस्याको समाधानका लागि राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवासँग भाडागाउँलाई जाेडिएकाे बताए । ‘विद्युतीय सेवा पूर्वाधार विकासमा महत्त्वपूर्ण छ’, नगरप्रमुख पन्थीले भने, “विद्युत् लाई बाहिर राखेर समुन्नतिका आधार तय गर्न सकिँदैन् ।” नगरपालिका प्रमुख पन्थीले विगतलाई सम्झँदै एउटा बिजुलीकाे बल्ब बल्दा पनि खुसीको सिमा नरहने दिन रहेको भन्दै अहिले विद्युत् काे क्षेत्रमा गुल्मीले निकै फड्को मारेको बताए । गुल्मीको उनायचाैरमा १३२ केभीको राष्ट्रिय प्रसारण लाइनको उनायचाैर सब-स्टेसन बनेको छ । अब यसको सेवा गुल्मी, पाल्पा, अर्घाखाँची बाग्लुङसम्म पुग्नेछ । यसको समग्र उद्घाटन हुन भने बाँकी छ । समग्र काम अन्तिम चरणमा छ ।

( Jeevan rajan

साेही सब-स्टेसनबाट ११ केभी फिडरकाे उद्घाटनपछि रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले भाडागाउँमै तीन युवा मिलेर खानेपानी उद्योग संचालन गरेकोमा अब विद्युतीय सेवाले थप सहजता हुने बताए । उनलेे गाउँघरमै उद्योग स्थापना गर्ने र व्यवसायिक खेती किसान गर्नेलाई स्थानीय सरकारको तर्फबाट सधैं सहयोग हुने बताए । उनलेे त्यस्तै उदाहरण यस्तै नयाँ विकासका आयामबाट हुने बताए । सामुदायिक विद्युतीकरणमा निकै खेपिरहेका सास्ती अब सधैंका लागि समाधान भएको पन्थीले बताए ।

गुल्मीको उनायचाैरमा बनेको १३२ केभीको राष्ट्रिय प्रसारण लाइनको उनायचाैर सब-स्टेसन बाट विद्युतीय सेवा सुचारु भएपछि समग्र गुल्मीमा प्राविधिक प्रक्रिया बाहेक कुनै पनि विद्युत् जानेआउने विद्युतीय समस्या हुनेछैन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया