गुल्मी । गुल्मीको पालुखा माध्यमिक विद्यालयले भव्य रुपमा आफ्नो ४६ औं वार्षिकोत्सब मनाएको छ । इस्मा गाउँपालिका वडा नम्बर २ मा रहेको विद्यालयले शैक्षिक क्रियाकलाप सहित भव्य रुपमा वार्षिकोत्सब मनाएको हो ।
वार्षिकोत्सबकाे अवसरमा शिक्षक, विद्यार्थी र पत्रकार सम्मानित भएका छन् । शैक्षिक सत्र २०८० मा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल कक्षा ५ अध्यापन गराउने शिक्षक गाेकर्णप्रसाद अर्याल, कक्षा ८ मा अध्यापन गराउने शिक्षक नारायण भुसाल, कक्षा १० मा अध्यापन गराउने शिक्षक हरिप्रसाद पाेखरेल र कक्षा १२ मा अध्यापन गराउने तत्कालीन शिक्षक सर्मिला केसी सम्मानित भएका हुन् ।
त्यस्तै पत्रकार तर्फ विद्यालयलाई समग्र संचार क्षेत्रमा जाेडेर याेगदान पुराएकाेमा नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष सुमन महतारा सम्मानित भएका हुन् । त्यस्तै विद्यार्थीहरूमा गाेल्ड मेडल ९५ जना, सिल्भर मेडल ३१ जना र कास्य मेडल ३१ जना विद्यार्थीले पाएका छन् ।
वार्षिकोत्सबकाे अवसरमा लाेक गायन तर्फ इस्मा प्रतिभा-२०८१ बनेकी कविता गाैतमले साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेकी थिइन् । साथै विद्यार्थीलाई मनारेञ्जन दिलाउने क्रममा विद्यालयका प्रधानाध्यापक लगायत शिक्षक शिक्षिकाकाे समूहले नृत्य प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सबकाे अवसरमा तीन दिन सम्म शैक्षिक क्रियाकलापहरु अन्तर्गत छात्र छात्रा कबड्डी, भलिबल, फुटबल, छात्र क्रिकेट, ज्यालिङ्थ थ्राे, सर्टपुट, हाईजम्प, लम्पजम्प, त्रिपल जम्प, १००/२००/४०० मिटर दाैड, हाजिरी जवाफ प्रतियोगिता, बेलुन डान्स, चकलेट रेस र बिस्कुट रेस लगायतका क्रियाकलाप संचालन भएको विद्यालयका सूचना अधिकारी बाबुराम पन्थीले जानकारी दिए ।
वार्षिकोत्सब कार्यक्रममा पूर्व विद्यालय निरिक्षक बिनबहादुर गाैतम, इस्मा गाउँपालिका वडा नम्बर १ मा रहेको हिमालय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुरा खत्री, इस्मा गाउँपालिका वडा नम्बर २ मा रहेको देविस्थान माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम राना, वडा नम्बर १ वडाध्यक्ष शेरबहादुर कुँवर, वडा नम्बर २ वडाध्यक्ष लाेकनाथ आचार्य, जिल्ला समन्वय समिति सदस्य सदस्य सुनिता जिसी कुँवर, गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवर र इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का उपस्थित भएका थिए ।
वार्षिकोत्सबकाे अवसरमा विभिन्न शैक्षिक क्रियाकलाप, खेलकुद, साँस्कृतिक कार्यक्रम र विभिन्न क्षेत्रबाट याेगदान पुराउनेहरुलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक बाबुराम खत्रीले जानकारी दिए । उनलेे विद्यालयकाे चाैतर्फी विकासका लागि वार्षिकोत्सबलाई भव्य रुपमा सम्पन्न गरेको प्रधानाध्यापक खत्रीले बताए ।
वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथि भगतसिंह खड्काले पालुखा माध्यमिक विद्यालय पछिल्लो समय शैक्षिक क्रियाकलाप र सम्पूर्ण गतिविधिमा अब्बल रहेकाेमा प्रशंसा गरे । उनलेे विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति, माध्यमिक तहसम्म नि:शल्क शिक्षा, प्राविधिक शिक्षा तर्फ नि:शुल्क र अन्य धेरै शैक्षिक सुधारका कार्यक्रम ल्याएर कार्यान्वयन गरिरहेकाे बताए ।
पालुखा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर जिसीले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरुलाई धन्यवाद व्यक्त गर्दै शिक्षक, अभिभावक, विद्यार्थी र जनप्रतिनिधि सबै मिलेर विद्यालयलाई माथि उकास्न सकिने बताएका थिए ।