गुल्मीमा नाबालिका जबर्जस्ती करणी गरेको आरोपमा रूरूका पौडेल पक्राउ



अनिल खत्री


गुल्मी । गुल्मीमा नाबालिकालाई जबर्जस्ती करणी आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । जिल्लाको रूरूक्षेत्र गाउँपालिका वडानम्बर- १ बस्ने ५७ वर्षका फर्सुराम पौडेललाई नाबालका आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) चिरञ्जीवी दाहालले बताए ।

पौडेलले अमरकल्याण महिला बिकाश बहुउदेश्यीय सहकारी संस्था लिमिडेको संरक्षणमा रहेकी नाबालिका बर्ष ११ की परिवर्तित नाम ४६ रुरुक्षेत्र ४ लाई आफ्नो संरक्षणमा राखी पालन पोषण गर्न भनि राखेका थिए ।  संस्था बाट मिति २०७६ सालको मंसिर १५ गते आफ्नो घरमा लिई गई पालन पोषण गर्दै आएका थिए ।

२०७७ सालको जेष्ठ महिनामा निजले बालिकालाई ललाई फकाई डर धाक दिई जबर्जस्ती करणी गरेकोमा हाल संरक्षणमा रहेको स्थान एसोएस वालग्राम भैरहवामा सो कुरा बताए पछि पक्राउ गरिएको डिएसपी दाहालले बताए । पौडेललाई  जिल्ला अदालतबाट -७ दिनको म्यादथप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया