मगर दिवसमा दह दिब्रुङ्ग समाज चन्द्रकाेटद्वारा खेलकुद र साँस्कृतिक कार्यक्रम संचालन



सन्तोष महतारा


गुल्मी । चन्द्रकाेट गाउँपालिकाकाे दह दिब्रुङ्ग समाजले ४३ औं मगर दिवसको अवसरमा भव्य कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाकाे वडा नम्बर १ मा रहेको दह दिब्रुङ्ग समाजले आफ्नो १७ औं वार्षिकोत्सबकाे अवसरमा दह हाेमस्टे पाहुना घर निर्माण अभियान अन्तर्गत खेलकुद तथा साँस्कृतिक कार्यक्रम संचालन गरेको हो ।

समाजको आयोजना, चन्द्रकाेट गाउँपालिका वडा नम्बर १ काे सह-आयाेजना तथा चन्द्रकाेट गाउँपालिकाकाे संरक्षकत्वमा कार्यक्रम संचालन भएको छ । कार्यक्रममा चन्द्रकाेट गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष घनश्याम खरेलले मगर जातिहरुले आफ्नो भूमिमा गरिरहेको विकास र प्रचारप्रसारकाे कामको खुलेर प्रशंसा गरे । उनलेे वडाकाे तर्फबाट दहकाे विकासमा लाग्ने सबैलाई प्रेरणा दिइरहने बताए ।

औपचारिक कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले मगर समुदायकाे लागि बिशेष दिन पारेर हाेमस्टे संचालनका लागि चलाएको अभियानकाे सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा मन्तव्य राख्दै चन्द्रकाेट गाउँपालिकाका अध्यक्ष युवराज केसीले दह प्राकृतिक रुपमा आफैंमा रमणीय रहेको भन्दै मगर समुदायले दहकाे विकासमा चासाे देखाएको भन्दै धन्यवाद व्यक्त गरे । दिब्रुङ्ग दह जन्मघर भई वैदेशिक राेगारमा रहेर आफ्नो गाउँपालिकालाई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै उनले गाउँपालिकाकाे तर्फबाट सदैव दहकाे विकासका लागि पहल गर्ने बताए । गाउँपालिका अध्यक्ष केसीले धार्मिक र प्राकृतिक पर्यटनकाे विकास गर्ने बताए ।

( Jeevan rajan

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मन्त्री नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले यस्ता कार्यक्रमले दह दिब्रुङ्ग परिचित हुने मौका मिल्ने बताए । उनलेे प्राकृतिक र साँस्कृतिक सम्पत्तिले दह स्थापित भएको भन्दै साँस्कृतिक पहिचानहरू पुस्ता हस्तान्तरण हुनुपर्ने बताए । ‘दहकाे विकासमा हाम्रो सहकार्य भइरहेको छ’ प्रमुख अतिथि बरालले भने, “संस्कृतिकाे इतिहास र ऐतिहासिकता सधैं बचाउनुपर्छ ।” उनले दिब्रुङ्ग दहकाे विकासका सधैं साथ र सहयोग रहिरहने बताए ।

दह दिब्रुङ्ग समाजले यसअघिका वर्षहरूमा पनि विभिन्न खेलकुद प्रतियोगिता, विभिन्न साँस्कृतिक कार्यक्रम र औपचारिक कार्यक्रम गरेर मगर दिवस तथा स्थापना दिवस मनाएको थियो । हाल हाेमस्टे संचालनका लागि अभियान अन्तर्गत कार्यक्रम संचालन गरेको कार्यक्रमका साँस्कृतिक संयाेजक राजु बलालले जानकारी दिए । खेलकुदका कार्यक्रम १६ गतेसम्म पनि संचालन हुनेछ । मगर दिवसको अवसरमा आयाेजित औपचारिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया