गुल्मीको तम्घास-छल्दी अन्तर्गत कालोपत्रे सडक बर्साैँदेखि मर्मत भएन



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास-छल्दी सडक खण्डको विभिन्न स्थानमा भत्कीएर जोखिम बढ्दै गएको छ । सडकको तम्घासदेखि छल्दीसम्मको ९ किलोमिटर कालोपत्रे गरिएको सडक भत्कीएर जोखिम बन्दै गएको हो । कालोपत्रे भएको केहि वर्षमै गुल्मीको मदन भण्डारी राजमार्ग अन्तरगतको सडक हस्तान्तरण नहुँदा राजमार्गको विभिन्न स्थानमा सडक भत्कीएको छ । कतिपय स्थानमा नालिमा घाँस उम्रिएर सडक जोखिम बन्दै गएको छ ।

जसले गर्दा राजमार्ग भएर आउ–जाउ गर्ने सवारी साधन तथा यात्रुहरुले सास्ती खेप्दै आएका छन् । कालोपत्रे सडक भत्कीएर वषौंसम्म मर्मत नगर्नुले यसभेगका नागरिकले जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था रहेको रेसुङ्गा–४ का स्थानीय कमल रानाले बताए । उनले सडक मर्मतका लागि कार्यालयलाई जानकारी गराएपनि कुनै सम्बोधन नभएको गुनासो गरे । सडकको छल्दी तम्घास खण्ड सदरमुकाम नजिकै रहेर पनि मर्मतमा ध्यान नजानु दुखद रहेको धुर्कोट–५ का स्थानीय जोघुलाल भण्डारीले बताए । पक्की सडकका घुम्ती भएको स्थानमा जीर्ण सडक बनेकाले कैयौं सवारी साधानहरु दुर्घटना हुने गरेको भण्डारीले बताए । कालोपत्रे सडक भत्कीएको वषौं बित्दा समेत ध्यान नजानुले दुखद पक्ष रहेको उनले बताए ।

सडक निमार्णको जिम्मा लिएको कालिका प्यासिफिक कम्पनीले ९ किलोमिटर सडम क्लियर गरेर नदिएकाले सो सडक हस्तान्तरण हुन सकेको छैन । सडक हस्तान्तरण नहुदाँ मर्मत संभारमा समेत समस्या परेको मदन भण्डारी योजना कार्यालय तम्घासका प्रमुख इन्जिनियर रमेश चौधरीले बताए । सडक निर्माणका लागि ३६ करोड ४४ लाखको इस्टिमेट गरेर २१ करोड १० लाख ९४ हजारमा निर्माण व्यवसायीले निर्माणको सम्झौता गरेका थिए । तर, सम्झौता अनुसार काम नसकेपछि दुईपटक थप गरेर अन्तिम म्याद २ चैत ०७६ को दिइएको थियो । सम्झौता रकममध्ये २० करोड ६९ लाख ७० हजार भुक्तानी भइसकेको छ । ठेक्का हस्तान्तरणपूर्व निर्माण व्यवसायीले गर्नुपर्ने मर्मत–सम्भारका काम नगरेपछि बाँकी भुक्तानी भने रोकिएको थियो ।

कार्यालयले भुक्तानी रोकेपछि निर्माण व्यवसायीले मुद्दा दर्ता गरेका थिए । निर्माण व्यवसायीले मुद्दा जितेपछि फेरि विभागले उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो । उच्चले पनि निर्माण व्यवसायीकै पक्षमा फैसला गरेको थियो । विभागले फेरि सर्बोच्चमा मुद्दा लडने तयारी गरेकाले सडक तत्काल मर्मत हुने देखिदैन । मुद्दाको कारण स्वतन्त्र रूपमा सडकको मर्मत–सम्भार गर्न नसकिएको कार्यालयले जनाएको छ । मुद्दाको किनारा लागेपछि मात्रै मर्मतको काम गर्न सकिने उनको भनाइ छ  । सम्झौताअनुसारकै काम पनि बाँकी रहेकाले पछि पनि थप समस्या देखिएको हो ।  सडकको सेउघा, छल्दी लगायतका धेरै ठाउँमा कालोपत्रे सडक दिनहु जीर्ण बन्दै गएको हो ।

( Jeevan rajan

यहाँ साना ठूला सवारी साधन दुर्घटनाको जोखिममा पर्ने गर्नेका छन् ।    राजमार्गको तम्घासदेखि २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निमार्ण सम्पन्न भएको थियो । त्यस बिचको तम्घास छल्दी खण्ड बाहेक अनेत्र मर्मत गर्ने कार्य भएको छ । पुरै २९ किलोमिटर सडक करिब १ अर्बको लागतमा लागतमा कालोपत्रे गरिएको थियो । राजमार्ग भएर गुल्मी क्षेत्र नम्बर २ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारी साधान आउ–जाउ गर्दछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया