इस्मा गाउँपालिकामा कपडा बैंक शुभारम्भ



सन्तोष महतारा


गुल्मी । इस्मा गाउँपालिकामा कपडा बैंक शुभारम्भ भएको छ । गाउँपालिकाकाे सहकार्यमा क्लाेथ एण्ड  फुड बैंक नेपालद्वारा उक्त कपडा बैंकको शुभारम्भ भएको हो ।

आफ्नो घर, टाेल र समाजलाई सफा राखाैं, काेही कपडा विहीन नरहुन् भन्ने मुलमन्त्रलाई आत्मसात् गर्दै पुन्य कार्यमा सहभागी बनाैं’ भन्ने मुख्य नाराका साथ क्लाेथ एण्ड फुड बैंकले प्रयाेगमा नआएका प्रयाेगजन्य सामग्री पुनः प्रशाेधन गरेर आवश्यक पर्नेहरूलाई नि:शुल्क वितरण गर्ने कार्यक्रम आयोजना गरेको हो  । जस अन्तर्गत इस्मा गाउँपालिकामा कपडा बैंकको स्थापना गरिएको क्लाेथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसीले जानकारी दिए ।

उनले परिवर्तन आफैंबाट गर्नुपर्ने, सकारात्मक साेंच राख्नुपर्ने र एकआपसमा सहयोगी भावना राख्नुपर्ने भन्दै क्लाेथ एण्ड फुड बैंकका अध्यक्ष कमल जिसीले पुन: प्रयोग हुने सामग्री प्रशाेधन गरेर प्रयोगमा ल्याउनुपर्ने बताए । उनले अब इस्मा गाउँपालिकामा काेही कपडा विहीन नहुने बताए । उनले यस पवित्र कार्यमा सहकार्य गर्ने इस्मा गाउँपालिकालाई धन्यवाद दिए । जिसीले आफैंले अध्ययन गरेको विद्यालयबाट समग्र इस्मा गाउँपालिकामा पुग्ने गरी यस कपडा बैंक शुभारम्भ गर्न पाएकाेमा खुसी व्यक्त गरे । गाउँपालिकाकाे कार्यालय परिसर आनन्दपुर माध्यमिक विद्यालयबाट उक्त कपडा बैंक मेसिनको औपचारिक उद्घाटन भएको थियो ।

कपडा बैंकको उद्घाटन गर्दै इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले कपडा बैंकको स्थापनाका लागि साथ दिएकोमा जिसीकाे बाल्यकालकाे प्रशंसा गर्दै पुण्य अभियानका लागि धन्यवाद दिए । ‘स्थानीयबासी भएकोले आफ्नै भूमिमा यस्तो पवित्र अभियान मार्फत सहयोग भएको छ’, अध्यक्ष खड्काले भने, “यस्तो प्रेरणा हामी सबैमा मिल्नुपर्छ ।” उनले कपडा बैंक स्थापना गर्ने कमल जिसी र कार्यक्रममा सहभागी युवा किसान गाेकर्ण नेपालीकाे प्रशंसा गर्दै गाउँपालिकाका अमुल्य युवा सम्पत्ति भएको बताए ।

( Jeevan rajan

क्लाेथ एण्ड फुड बैंकले कपडा बैंकमार्फत कपडाहरू कलेक्शन, शर्टिङ्ग, वाशिंग, सेनिटाइजरिङ्ग, प्याकेजिङ्ग र वितरण गर्ने गर्दछ । बैंकले ५ फागुन २०८० मा बुटवलदेखि कपडा बैंकको शुभारम्भ गरेको उक्त संस्थाले हालसम्म एक हजार एक सय भन्दा बढी घरपरिवारलाई नि:शुल्क कपडा वितरण गरेको छ । यस कपडा बैंकमा पुराना कपडा हुनेहरूले साैजन्य गर्ने र कपडा नहुनेहरूले त्यसबाट नि:शुल्क कपडा प्राप्त गर्न सक्नेछन् ।


तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया