रेसुङ्गा विमानस्थलमा दुई महिनादेखि लगातार उडान अवरुद्ध  



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट २ महिनादेखि लगातार उडान अवरुद्ध हुँदै आएको छ । नेपाल एयरलायन्सको जहाज मर्मत हुँदै गरेकाले अन्य जहाज नभएका कारण नियमित उडान हुन नसकेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए ।

पछिल्लो पटक पुस ४ गते मात्रै विमानस्थलबाट उडान भएको थियो । त्यसपछि अहिले उडान हुन नसकेको थापाले बताए । नेपाल एयरलाइन्सको ट्वीनेटर जहाज उडान गर्दै आएको छ । यात्रुको अत्याधिक चाप बढेपछि रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडानको अनुमति पाएको थियो । तर, पछिल्लो केहि समयदेखि शुक्रबार मात्रै उडान भइरहेको स्टेशन प्रमुख थापाले बताए । काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङगाबाट काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने कार्यतालिका रहेको छ ।

हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तराष्ट्रिय पर्यटन भित्रिन थालेका थिए । गुल्मीको ऐतिहासिक, धार्मीक तथा पर्यटकीय स्थल रेसुङ्ग, धुर्कोटको बिचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल र रुरुक्षेत्र घुम्न जान थालेका हुन् । हाल गुल्मीबाट काठमाडौँका लागि ७ हजार ३ सय र काठमाडौँबाट गुल्मीका लागि ७  हजार ५ सय रुपियाँ भाडा कायम गरेको छ ।  जिल्ला सदरमुकाम तम्घासबाट करिव पाँच मिलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । अहिले नयाँ बाटो बिस्तारले बाटोले गर्दा काठमाडौंबाट गुल्मी आउन १२ घण्टाको बाटो अहिले झण्डै २२ घण्टा सवारी साधनमा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।

अत्यावश्यक सेवा लिने खालका बिरामी तथा नागरिकले लामो समय उडान बन्द हुनुले विमानस्थलको औचित्य माथी प्रश्नचिन्ह् उठेको रेसुङ्गा नगरपालिका–१ का स्थानीय व्यवसायी जनक पन्थले बताए । राज्यले करोडौं रकम खर्चेर विमानस्थल बनाउने तर नियमित रुपमा प्रयोग नल्याउनुले राज्यको लगानी बालुवामा पानी जस्तै भएको उनले बताए ।  रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ ।

( Jeevan rajan

जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गुल्मीका धेरै जसो बृद्ध, विरामी, सुत्केरी लगायतका नागरिकले सेवा लिने गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया