गुल्मीको मालिका गाउँपालिकामा सरकारी मोटरसाइकल सडकमै उत्तानो



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकाका एक कर्मचारीले सरकारी सवारी साधनको वेवास्ता गर्दा मोटरसाइकल हप्तादिन बढि सडकमै वेवारिसे बनेको छ । माघ २४ गतेदेखि सडक छोडेर कर्मचारी बाहिर गएपछि गाउँकै कच्ची सडकको छेउमा बेवारिसे जस्तै बनेको थियो ।

गाउँपालिका वडानम्बर १ नेटा वडा कार्यालयका सहायक सुनिल थापाले विगत केही समयदेखि प्रयोग गर्दै आएको लु १ ब ८७७ नम्बरको मोटरसाइकल केही दिन सडकमै बेवारिसे बनेको हो । मोटरसाइकल वडाको नेटादेखि निस्ती जाने सडक छेउमै बेवारिसे अवस्थामा रहेको थियो । घरदेखि वडाकार्यालय जाने क्रममा एक्कासी मोटरसाइकल सडकमै विग्रिएको कार्यालय सहायक थापाले बताए । थापाका अनुसार आफूले मोटरसाइकल मर्मतका लागि मिस्त्रीलाई फोन गरेको तर, मिस्त्रीले शनिबार बाहेका अनेत्र सयमा नभ्याउने प्रतिक्रिया दिएकाले वाइकलाई स्थानीयको घर नजिकै छोडिएको हो । त्यसैदिन दिउँसो काम विशेषले आफू काठमाडौं जानु परेकाले कार्यालयलाई मोटरसाइक विग्रिए बारे जानकारी गराएर आफू गएको उनको भनाई छ । आफूले स्थानीयको घर आगाडी सुरक्षित स्थानमा मोटरसाइकलाई छोडेर गएको तर, त्यस बीचको समयमा स्थानीयले अनेत्र सारिदिएर फोटो खिचेको उनले आरोप लगाए ।

मोटरसाइकलको उचित व्यवस्थापन कसैले चासो नदिँदा गत शनिबारसम्म सडकको छेउमै रहेको स्थानीय बताउछन् । सरकारी साधनको दुरुपयोग गरेको भन्दै त्यहाँका स्थानीय आक्रोशित समेत बनेका छन् । नागरिकको एक/एक पैसा र करबाट किनिएका सवारी साधनको व्यवस्थापन र प्रयोगमा गाउँपालिकाको ध्यान नपुगेको प्रष्टै देखिन्छ । मोटरसाइकलमा के विग्रिएको हो त्यसको क्षति के कति भएको छ भन्नेबारे कसैलाई जानकारी छैन्  । विग्रिएको उक्त मोटरसाइकल कार्यालय सहायक सुनिल थापाले प्रयोग गर्दै आइरहेको वडाध्यक्ष दीपक श्रीषले बताए । थापाले कार्यालय आउने समयमा मोटरसाइकल सडकमै विग्रेर त्यहाँ छोडेर गएको र स्थानीय खबर गरेपछि मात्रै आफूले थाहा पाएको उनले बताए ।

कार्यालय सहायक थापाको मोटरसाइकल रहेको सडकदेखि घर तल र वडा कार्यालय माथि रहेकाले त्यही छोडेर गएको हुनसक्ने वडाध्यक्ष श्रीषले बताए । विग्रेको मोटरसाइकल सडकमै छोडेर थापा काठमाडौं गएका थिए । यहिँ फागुन ४ गते बिग्रेको मोटरसाइकल नजिकैको स्थानीयको घरमा राखिएको छ । केहि समय अगाडी पनि सोही गाउँपालिकामा सवारी साधन दुरुपयोग भएको भिडियो र फोटा सामाजिक संजालमा आएका थिए । गत कार्तिक २० गते मालिका गाउँपालिकाको लु १ झ ७८६ सेतो नम्बर प्लेटको डबल क्याप जीप पालिकाको केन्द्र नजिकै सडकै फसेको अवस्थामा छोडिएको थियो । कार्तिक १९ गते राती गाउँपालिका वडानम्बर४ स्थित भ्यागुते खोला र खालडाडा बीच सडकको खाल्डोमा फसेको थियो । खाल्डोमा फस्दा त्यस सवारीको पछिल्लो एक साइडको टायर नै पड्किएको थियो । अर्कोदिन पालिकाले सवारी निकालेर गुपचुपमै मर्मत संभार गरेको एक स्थानीयले बताए ।

( Jeevan rajan

स्थानीयका अनुसार त्यस राती उक्त सवारी गाउँपालिकाकै जनप्रतिनिधिले चलाएका थिए । राज्यको सम्पत्तिमा पालिकाका जिम्मेवार मान्छेले नै सवारी घाइते बनाएको बन्दै स्थानीय आक्रोशित हुँदै आएका छन् । उक्त सवारी अवस्था सहितको भिडियो अहिले पनि सामाजिक संजाल फेसबुकमा हेर्न सकिन्छ । गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल चढ्दै आएको सवारीमा त्यतिबेला समस्या आएर मर्मत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर क्षेत्री स्वीकार गरे । सवारी मर्मतमा भएको खर्चबारे आर्थिक प्रशासन शाखामा बुझ्‌नु पर्ने उनले बताए । उनले केहीदिन देखि सडकमै रहेको सवारी बारे आफु जानकार नभएको बताए ।

उनले सरकारी सम्पत्तिको दुरुपयोग गर्ने अधिकार कसैलाई नभएको र त्यस्तो गैरकानुनी काम गर्नेलाई तत्काल छानविन गरेर कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले उल्लेख गरे । उनका अनुसार त्यस मोटरसाइकलाई तुरुन्तै पालिकामा ल्याउन भनिएको छ । सरकारी मोटरसाइकललाई गैर जिम्मेवार बनेर दुरुपयोग गरेको खुलेमा स्वय चढ्दै आएका कर्मचारीको तलबबाटै मर्मत गरिने क्षेत्रीले बताए । यस्ता प्रतिनिधिमुलक घटना हुन् । स्थानीय तहमा सवारी साधन र इन्धनको चरम दुरुपयोग हुने गरेको समय समयमा बाहिर आउने गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया