मालिकाबासी देखेपछि दङ्ग प्रचण्ड, भन्छन्, ‘गुल्मीमा हाम्रो गठबन्धन भत्केको रहेनछ’ 



सन्तोष महतारा


गुल्मी । बिहीबार मालिका गाउँपालिकाकाे आयोजनामा पूर्वप्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्माण सम्पन्न मालिका हेलिप्याड, मालिका पिस पार्क, तेस्रो मालिका रनिङ शिल्ड प्रतियोगिता र मालिका गाउँपालिकाकाे प्रशासनिक भवनको उद्घाटन गरे । काठमाडौंबाटै हेलिकप्टरमा बिहीबारकाे पहिलो कार्यक्रमका लागि मालिका हेलिप्याड ओर्लने क्रममा प्रचण्डले स्थानीयकाे राम्रै सहभागिता देखे । हेलिप्याड उद्घाटन लगत्तै मालिका पिस पार्ककाे उद्घाटनका क्रममा पनि स्थानीय मालिकाबासीकाे उत्साहजनक सहभागिता देखेका प्रचण्डले प्रशासनिक भवनको उद्घाटनपछि एकमुष्ट सम्बाेधन गर्ने कार्यक्रम तय थियो ।

औपचारिक उक्त कार्यक्रममा प्रचण्डले उत्साहजनक मालिकाबासीकाे सहभागिता नियालिरहेका थिए । जस क्रममा उनले नेकपा एमालेको तर्फबाट मालिका गाउँपालिकाका पूर्वअध्यक्ष रितबहादुर थापा, नेपाली काँग्रेसका तर्फबाट जिल्ला सभापति खिलध्वज पन्थी, नेकपा माओवादी केन्द्रका तर्फबाट चक्रपाणी खनाल र नेकपा एकीकृत समाजवादीका तर्फबाट रामकुमारी झाँक्रीलाई मन्तव्यबाट सुने । उनलेे सबैबाट आफूमा सकारात्मक भावना पैदा भएको महशुस गरे ।

तत्पश्चात, सम्बाेधनका क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुल्मी आउने कार्यक्रम डेढ वर्षअघि देखि बनाइरहेकोमा अहिले सम्भव भएको बताउँदै जनतासँग भेटघाट भइरहेकोमा खुसी व्यक्त गरे । जस क्रममा उनलेे कार्यक्रममा काँग्रेसबाट निर्वाचित राष्ट्रिय सभा सदस्य बिष्णुकुमारी सापकोटा, पूर्वमन्त्री रामकुमारी झाँक्री, काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, काँग्रेस गुल्मी सभापति खिलध्वज पन्थी र स्थानीय मालिकाबासीकाे अपेक्षा गरेभन्दा उत्साहजनक सहभागिता देखेपछि उनले केही दिनअघि तेह्रथुमको कार्यक्रमकाे स्मरण गर्दै माओवादी मात्रै नभएर काँग्रेस नेताले पनि स्वागत गर्ने, सकारात्मक कुरा गर्ने र  सहभागिता जनाएकाे बताउँदै मालिकामा पनि चुनाव अघिको गठबन्धन नभत्किएकाे बताए । ‘मालिकाबासीकाे उत्साह मेरो र हाम्रा लागि उर्जा भएकाे छ’, पूर्वप्रधानमन्त्री  प्रचण्डले भने, “गुल्मीमा हाम्रो गठबन्धन भत्केको रहेनछ ।”

उनले यस कार्यक्रममा नेकपा एमालेले सहभागिता नजनाउने भन्ने सुनेकोमा दुख: लागेको बताउँदै सहभागी भएकोमा नेताहरूलाई धन्यवाद दिए । उनलेे चुनाव अघिको स्थानीय गठबन्धन र मालिकामा बनेको स्थानीय सरकार सम्झिएपछि हाल केन्द्रीय राजनीति त्यसाे नहुँदा राजनीतिक भाषणमा भने खासै खुलेनन् । सम्बाेधनमै उनले प्रष्ट भने, “मैले अरु धेरै राजनीतिक कुरा गर्नुछैन् ।” प्रचण्डले मालिका हेलिप्याड उद्घाटन, मालिका पिस पार्क उद्घाटन, मालिका रनिङ शिल्ड उद्घाटन र प्रशासनिक भवनको श्रृङखला भित्र अन्य बिषय जाेड्न आवश्यक नरहेको बताएका थिए ।

( Jeevan rajan

उनले पहाडी जिल्लाकाे यातायातकाे पहुँचका लागि मध्यपहाडी लाेकमार्ग, मदन भण्डारी राजमार्ग र सालझण्डी-ढाेरपाटन राजमार्गका कामहरूमा आफ्नो चासो, चिन्तन र परिकल्पना समेत रहेको बताएका थिए । उनले प्रशासनिक भवनको उद्घाटन गर्दै  संरचना भन्दा पनि जनताालाई दिइने सेवा महत्त्वपूर्ण  रहेको बताए । मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले महत्त्वपूर्ण समय उपलब्ध गराएर मालिकाबासीसँग साक्षात्कार भएकोमा पूर्वप्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया