दर्लिङ्गमा ३९० घण्टे मोटरसाइकल मेकानिक तालिम सम्पन्न



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकामा ३९० घण्टे मोटरसाइकल मेकानिक तालिम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर २ दर्लिङ्गमा घरेलु तथा साना उद्योग कार्यालयद्वारा सञ्चालित मोटरसाइकल मेकानिक तालिम सम्पन्न भएको हो ।

तालिममा मालिका गाउँपालिकाका वडानम्बर–१ र २ का १६ जना युवाहरू सहभागी भएको घरेलु तथा साना उद्योग कार्यालयका तालिम संयोजक मिलन भण्डारीले बताए । तालिम सम्पन्न भएपछि सहभागीहरूको सीप परीक्षण समेत गरिने भएको छ ।
कार्यालयका प्रमुख राजिव अर्यालले प्रशिक्षार्थीहरूलाई धन्यवाद व्यक्त गर्दै, यस्तो तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउने अवसर प्रदान गर्ने बताए । शहर मात्रै विभिन्न तालिमहरु हुने गरेता पनि ग्रामीण वस्तीसम्म यस्ता सीप विकासका तालिमहरु पुग्ने गरेका थिए ।

ग्रामीण क्षेत्रमै रोजगारीको अवसर प्रदान गर्ने उदेश्यले तालिम प्रदान गरिएको कार्यालय प्रमुख अर्यालले बताए । मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले स्थानीय तहबाट यस्ता व्यावसायिक तालिमहरू आवश्यक रहेको बताए । उनले  युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी रोजगारीको अवसर सिर्जना गर्न गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । तालिम संयोजक मिलन भण्डारीले यो तालिम व्यावसायिक सीप विकासका लागि महत्वपूर्ण रहेको धारणा राखे ।

तालिमका सहभागीहरूका अनुसार यस प्रकारका सीपमूलक तालिमहरूले युवाहरूलाई रोजगारी खोज्न अन्यत्र जानु नपर्ने बनाउने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । तालिममा सहभागी युवाहरूले यस तालिमले मोटरसाइकल मर्मतसम्भारमा दक्ष बनाएको बताएका छन् ।

( Jeevan rajan

तालिमपछि स्वरोजगार तथा अन्य रोजगारका अवसर खोज्न तयार रहेको बताएका छन् । स्थानीय सरकार र सम्बन्धित निकायहरूले यस्ता तालिमलाई अझ प्रभावकारी बनाउँदै थप युवाहरूलाई समेट्नुपर्ने आवश्यकता रहेको सहभागीहरूको भनाइ छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया