गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा माघ २६ गते शनिवार नेपाली काँग्रेसकाे तेस्रो नगर सम्मेलन हुने भएको छ । शनिबार नगरपालिकाकाे इनद्रेणी पार्टी प्यालेसमा नेपाली काँग्रेस रेसुङ्गा नगरपालिकाकाे तेस्रो नगर सम्मेलन गर्न लागिएको नेपाली काङ्ग्रेस रेसुङ्गा नगरपालिका कार्यसमितिका काेषाध्यक्ष खुम खत्रीले जानकारी दिए ।
नेपाली कांग्रेसको विधान २०१७ को दशौ संशोधनले परिकल्पना गरे बमोजिम हजार भन्दा बढी कार्यकर्ताको सहभागीता बनाउने लक्ष्य राखिएकाे सचिव गुणाखर पाण्डेले जानकारी दिएका छन् ।नगर सम्मेलनकाे तयारी पुरा भएको नेपाली काँग्रेस रेसुङ्गा नगर कार्यसमिति सभापति जयश्वर पन्थीले जानकारी दिए । बिहान ११ बजेदेखि सुरु हुने सम्मेलनमा कृयाशिल सदस्यहरु काँग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुक सहभागी हुने सभापति पन्थीले बताए ।
कार्यक्रमकाे उद्घाटन नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य संघीय सांसद डा. चन्द्र भण्डारीले गर्ने छन् ।