गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु



अनिल खत्री


गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना सह चालकको  मृत्यु भएको छ । जिल्ला गुल्मी कालिगण्डकी गाउँपालिका वडा नम्बर २ बिसौना स्थित भित्री कच्ची सडक खण्डमा लु ३ त ५११२ नम्बरको दुर्घटना सहचालक ५५ वर्षका देबबहादुर बिकको मृत्यु जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ( एसपी ) राजन भुजेलले बताउनुभयो ।

दुर्घटनामा घाइते बिकको उपचारको लागी गल्याङ नगर अस्पताल स्याङ्जामा उपचार गर्ने क्रममा डाक्टर मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । ट्याक्टर आफै अनियन्त्रित भई बाटो बाट अन्दाजी ६० मिटर तल खस्न गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकको नाम थर वतन नखुलेको फरार रहेको उपरीक्षक भुजेलले बताउनुभयो ।

Jeewan and Rajan Tailors

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया