गुल्मीमा रगतको सहज व्यवस्थापनका लागि सरोकारवालाहरू सँग अन्तरक्रिया



सन्तोष महतारा


गुल्मी । नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्ला शाखाले ‘रगतको आपूर्तिमा देखिएका चुनौतीहरू र सहज व्यवस्थापनका लागि सरोकारवालाहरूसँग अन्तरक्रिया’ कार्यक्रम गरेको छ । समाजकाे १९ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रम रेसुङ्गा नगरपालिका गुल्मीको व्यवस्थापन तथा सहजीकरणमा गरिएको हो ।

समाजका अध्यक्ष भेषराज पाण्डे (धुर्ब पाण्डे) ले रगत व्यवस्थापनमा आफू र आफ्नो संस्था रातदिन नभनी खटिएको बताउँदै आर्थिक स्राेतकाे कमी, रक्तदाताकाे संख्या न्यून, गुल्मी अस्पतालमा रक्तदान गर्ने आधिकारिक कक्षको अभाव, सराेकारवालाहरूकाे कम चासाे, गुल्मी अस्पतालले समाजलाई नसमेट्नु, विपद् व्यवस्थापन समितिमा सहभागिता नगराउनु र रक्तसमुह पहिचान नहुनु लगायतका चुनाैतीहरू रहेको बताएका थिए । उनले अहिले आफूले बढीमा आधा घण्टा देखि एक घण्टाकाे समयमा रगतको आपूर्ति गरेको बताएका थिए ।

Jeewan and Rajan Tailors

अन्तरक्रिया कार्यक्रमका क्रममा सराेकारवालाहरूले चुनाैतीकाे व्यवस्थापन गरी सहज व्यवस्थापनमा लाग्न समाज मात्रै नभएर सबै जुट्नुपर्नेमा जाेड दिएका थिए । शुभलक्ष्मी क्लिनिक एण्ड फर्माका संचालक हाेम पल्लीले रगत संवेदनशील भएकोले यसको अभावमा कुनै बिरामी रेफर हुन नहुने बताए । उनले हाललाई भन्दा पनि दीर्घकालीन समस्या समाधानका लागि ब्लड बैंकको स्थापना गर्नेतर्फका कदम चाल्ने र चुनाैती हटाएर अगाडि बढ्ने बताए । उनले रक्त समुहकाे पहिचानका लागि समन्वय र सहजीकरण भएमा नि:शुल्क सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अर्जुन केसीले दीर्घराेगीले पनि रगत दिन मिल्ने तर असर हेरेर तयार हुने बताए । उनलेे १८-६० वर्ष उमेर समूहका सबै स्वस्थ व्यक्तिले रगत दिन मिल्ने बताए । उनलेे सर्ने राेग लागेका व्यक्तिले रगत दिन नमिल्ने बताए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले रगत नहुँदा समग्र स्वास्थ्य क्षेत्र प्रभावित हुने बताए । उनलेे आगामी नीति तथा कार्यक्रममा समेटेर अगाडि बढ्ने बताउँदै गुल्मी अस्पताल व्यवस्थित बनेपछि समस्या समाधान हुने बताए । उनले समाजले गरेको काम प्रशंसा याेग्य र समाजिक विकासका क्षेत्रमा नयाँ आयाम दिइरहेको बताएका छन् ।

यो आर्थिक वर्षको ६ महिनामा गुल्मी अस्पतालमा हेमाेडायालाईसिस सहित कुल ९७ जनाले रक्तदान गरेका छन् । यो सबै रक्तदान नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी मार्फत भइरहेको छ । समाज र समाजका अध्यक्ष भेषराज पाण्डे (धुर्ब पाण्डे) काे सक्रियताका कारण गुल्मी अस्पताल सहित गुल्मीमा रगत अभावका कारण कुनै बिरामीले समस्या खेप्नुपरेको छैन् । समाजले यो अन्तरक्रियाबाट रगत आपूर्तिमा भएका चुनाैतीहरू सबै समाधान हुने र रगतको सहज व्यवस्थापन हुने अपेक्षा गरेको छ। समाजका निवर्तमान अध्यक्ष नमराज मरासिनीकाे स्वागत मन्तव्य रहेको कार्यक्रम संस्थाका सचिव विरबहादुर कार्कीले संचालन गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया