गुल्मी । गुल्मीमा ट्याक्टरको ठक्करबाट चार वर्षका बालक गम्भीर घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर- ८ बसपार्कमा लु ३ ख ७७८५ नम्बरको ठक्करबाट धुर्कोट गाउँपालिका वडानम्बर- ४ निवासी ४ वर्षका आदित्य मुखिया घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट बालकको दायाँ खुट्टामा चोट,बायाँ खुट्टा फ्याक्चर भएको, दाँया हात नचल्ने, गालामा चोट लागेको प्रहरीले जनाएको छ । बालकको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । उनको अबस्था गम्भीर रहेको छ । ठक्कर दिने ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।