गुल्मी । गुल्मीमा हाईसमा सवार यात्रुको मृत्युु भएको छ । बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडानम्बर- ५ निवासी ३६ वर्षका बुद्ध परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी ) राजन भुजेलले बताए ।
परियार बुटवलबाट बाग्लुङ तर्फ जाँदै गरेको लु १ ज २५१ नम्बरको को हाईसमा सवार थिए । उनी गुल्मीको सत्यवती गाउँपालिकाको वडानम्बर – ७ चोरकाटे भन्ने स्थानमा एक्कासी बेहोस भएपछि जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।
त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले हाईस चालक र सहचालकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको एसपी भुजेलले बताए ।