गुल्मी । गुल्मीमा जन्मदिनको फलुज खर्च कटौती गरेर एक जना व्यक्ति विद्यालयका विद्यार्थीलई न्यानो कपडा वितरण गरेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–३ ठूलापोखराका विष्णु कार्कीको जन्मदिनको अवसरमा घोर्ले माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
रेसुङ्गा नगरपालिका– १३ को घोर्ले माविमा पढ्ने जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा पढ्ने ४३ जना जेहेन्दार तथा आर्थिक रुपले विपन्न विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको विद्यालयका प्रधानाध्यापक हिरासिंङ्ग सराङ्गकोटीले बताए ।
विद्यालयका प्रधानाध्यापक हिरासिंङ्ग सराङ्गकोटीले विद्यार्थीहरुलाई चिसोबाट बच्न सहयोग पुग्ने बताए । जन्मदिनमा फजुल खर्च नगरेर सामाजिक कार्यमा गरेको सहयोगको प्रशंसा गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम खत्रीले आफूले समाजमा केही गर्नुपर्छ भन्ने उदेश्यले विद्यार्थीका निम्ति गरेको सहयोग अत्यत्तै नमूना कार्य भएको उल्लेख गरे । विद्यालयमा सहयोग गर्ने विष्णु कार्की र मिरा खत्री हाल अमेरिका बस्ने गर्दछन् । उनीहरुले जिल्लामा ठूलो विपत्तको समयमा पनि विभिन्न प्रकारका सहयोग गर्दे आएका छन् ।