रेसुङ्गा नगरपालिकामा वडा कार्यालयद्वारा वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई सम्मान



Live Gulmi


अनिल खत्री, गुल्मी ।  गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ८  ले आफ्नो वडा भित्र रहेका ७५ बर्ष भन्दा माथिका जेष्ठ तथा अपाङ्ग नागरिकलाई सम्मान गरेको छ । माघ ९ गते आफ्नै भबनमा एक कार्यक्रमका बिच एक ब्यक्ति बराबर  एक थान बलाङ्केट र एउटा थर्मस हस्तान्तरण गरिएको हो ।

चिसोमा बृद्ध तथा अपाङ्गलाई चिसो बाट बच्नको लागि प्रत्येक बर्ष यो कार्यक्रम गरिदै आएको वडाअध्यक्ष निरन्जन थापाले बताए । वडागत तहमा यश कार्यक्रमको लागि नगरपालिका बाट १ लाख बजेट बिनियोजन गरिएको थियो । ४४ जना ब्यक्ति यश वडा भित्र बृद्ध र अपाङ्ग रहेको आकलन गरिएको थियो । बृद्ध र अपाङ्ग गरि जम्मा वडा भित्र ४४ जना रहेको र २९ जनाको उपस्थितिमा उहाहरुलाई सम्मान गरिएको हो । बाकी १५ जना भने उपस्थिति नभएको कारण उहाहरुको घरमै पुगेर हस्तान्तरण गरिने थापाले बताए ।

Jeewan and Rajan Tailors

आगामी दिनमा यस्ता सामाजिक कार्यक्रम लाई निरन्तरताको साथमा अझै थप कार्यक्रम ल्याउने वडा अध्यक्ष निरन्जन थापाले बताए । यो कार्यक्रम गरिरहदा हामी जत्तिका ब्यक्ति प्रती पनि सकारात्मक सोच र बृद्ध हरुको साथमा राज्य छ भन्ने आश लागेको उपस्थित कमला थापाले बताइन् ।

अझै थप कार्यक्रम हरु समय समयमा ल्याउन र बृद्ध र अपाङ्ग ब्यक्तिहरुको साथमा सरकार रहेको भन्दै वडा अध्यक्ष थापालाई धन्यवाद समेत दिएकी हुन ।
कार्यक्रम वडाका वडा अध्यक्ष निरन्जन थापाको अध्यक्षता,वडाका सम्पुर्ण  वडा सदस्य ,वडा भित्रका बुद्दिजिबी ब्यक्ति लगाएतको उपस्थितिमा वडा सचिब निर्मला रोकाको सन्चालनमा सम्पन्न भएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया