गुल्मीमा एक जना पुरुष मृत फेला, घटना शंकास्पद



अनिल खत्री


गुल्मी ।  गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–८ कालिमाटी निवासी ६० वर्षका लालबहादुर रोका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी)राजन भुजेलले बताउनुभयो ।

रोका मंगलबार बिहान घर नजिकै आफ्नै बारीको गरा (सिरान) मा घोप्टो अवस्थामा मृत फेला परेका थिए । घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीबाट प्रहरी निरीक्षक दिपक केसीको कमाण्डमा प्रहरी खटिएको छ । घटना संकास्पद रहेकाले थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट एसपी राजन भुजेलको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ ।

Jeewan and Rajan Tailors

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया