गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाकाे आयोजनामा संचालन भएको एकीकृत घुम्ती शिविरमा २२० नागरिकले सेवा लिएका छन् । नगरपालिकाले बिहिवार वडा नम्बर ३ भाडागाउँमा एकीकृत घुम्ति शिविर,नागरिक संग मेयर,सार्वजनिक सुनुवाइ र पहिलो चाैमासिक समिक्षा कार्यक्रमकाे आयोजना गरेको थियो । शिविरमा स्वास्थ्य सेवा तर्फ ११२ जना नागरिकले सेवा लिएका छन् । नगरपालिकाले अल्ट्रासाउण्ड सेवा,रक्तचाप परीक्षण,किड्नी परीक्षण,सुगर जाँच तथा अन्य आधारभूत सेवाहरु उपलब्ध गराएको थियोे । जसमध्ये ४६ जनाले सुगर परिक्षण, ३२ जनाले पिसाब जाँच र ४ जना गर्भवती महिलालाई भिडियो एक्सरे सेवा उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती मगरले जानकारी दिएकी छन् । त्यस्तै नगरपालिकाले कृषि तर्फ
बालि उपचार शिविर सञ्चालन गरेको थियो जसमा बालिकाे समस्या अनुरुप ४५ जना नागरिकलाइ बिषादि उपलब्ध गराइएको कृषि शाखाकी कुसुम भण्डारीले जानकारी दिइन् । त्यस्तै सञ्चालन भएको शिविरमा ४९ जना नागरिकले पशु सेवा लिएका छन् । उनिहरुलाइ औंषधि उपलब्ध गराइएको छ । त्यस्तै नगरपालिकाले १० जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र बितरण गरिएको थियो । नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम पनि संचालन गरेको थियो । सुनुवाइ कार्यक्रममा १६ जना नागरिकले सुझाव सल्लाह र प्रतिक्रिया राखेका थिए । स्थानीय खेत बहादुर खत्रीले सर्पले टाेक्दा जिल्लामै उपचार पाए सहज हुने सुझाव राखे भने स्थानीय मिना जिसिले सार्वजनिक यातायात नहुदा गाडी रिजर्भ गर्नुपर्ने गुनासो गरिन् । नागरिकका सुझाव सल्लाहलाइ रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थीले नागरिकबाट आए सुझाव सल्लाहाले थप काम गर्न हाैसाल मिलेकाे बताए नागरिकका गुनासो र मागअनुसार काम भएको र हुने उनले बताएका छन् । हामीले याे बर्ष भाडागाउँकाे मुख्य बाटो पिच गर्नका लागि ठेक्का खुलाएर प्रक्रियामा गएकाे र छिट्टै काम थालनि हुने जानकारी दिए । सुन्तलाका लागि पकेट मानिने भाडागाउँलाइ सुन्तला पकेट क्षेत्र बनाएर अगाडि बढ्ने प्रतिबद्ध व्याक्त गरेका छन् ।