मुसिकोट १ को वडाध्यक्षका लागि कांग्रेस एमालेद्वारा उम्मेदवार छनोट



अनिल खत्री


गुल्मी  । आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा गुल्मी जिल्लामा पनि एउटा वडाको वडाअध्यक्ष पदमा निर्वाचन हुन लागेको छ । मुसिकोट नगरपालिकाको वडानम्बर–१ को रिक्त वडाअध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको छ । उपनिर्वाचनको मिति नजिकिन थालेसँगै दलहरुले चुनाव लक्षित कार्यक्रमहरु गर्न थालेका छन् । दलहरुले वडामा उम्मेदबार छान्ने र चुनाव लक्षित कार्यक्रमहरु पनि गर्न थालेका छन् । वडाअध्यक्ष पदमा हुन लागेको निर्वाचनको लागि दुई ठूला दलले उम्मेदबार छनोट समेत गरेर चुनावी अभियानमा जुटेका छन् ।

Jeewan and Rajan Tailors

नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदबार छनोट गरेर चनावी गतिबिधी बढाएका छन् । नेपाली कांग्रेसले आनन्द श्रेष्ठलाई उम्मेदबार बनाउने निर्णय नेपाली कांग्रेस जिल्ला सदस्य ज्ञानहरी सापकोटाले बताउनुभयो । वडाअध्यक्ष पदमा उम्मेदबार बनेका श्रेष्ठ ३५ वर्षका युवा हुन् । उहाँ पार्टीको तरुणदल र विभिन्न सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो ।

The Star Family Restaurant

त्यस्तै नेकपा एमालेले दलबहादुर थापालाई वडाअध्यक्ष पदको उम्मेदबार बनाउने निर्णय गरेको एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्लेले बताउनुभयो । वडाअध्यक्ष पदमा उम्मेदबार ५५ वर्षका थापा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडासदस्य पदमा निर्वाचित भएका थिए । उहाँ नेकपा एमाले मुसिकोट नगरकमिटी सचिवालय सदस्य पदमा कार्यरत छन् । वडाअध्यक्ष पदका लागि माओबादी केन्द्रले पनि उम्मेदबार उठाउने भएको छ ।

त्यसका लागि छलफल भइरहेको र एक दुइ दिनमै निर्णय हुने नेकपा माओवादी केन्द्र जिल्ला सचिव अशोक थापाले बताउनुभयो । त्यस्तै एकीकृत समाजवादीले पनि उम्मेदबार छनोट गर्न फलफलमा रहेको एकीकृत समाजवादी पार्टी गुल्मीले जनाएको छ । वडाअध्यक्ष पदमा उम्मेदबार बनाउन छलफलको क्रममा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीले जनाएको छ । शनिबार जिल्ला भेला गर्न लागेकाले त्यसपछि उम्मेदबार छनोट गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीका नेता बावु पन्थीले बताउनुभयो ।

जिल्लामा अरु दलहरुले पनि उम्मेदबार उठाउने तयारी गरेपनि हालसम्म कुनैपनि निर्णय गरेका छैनन् । मुसिकोट नगरपालिकामा नगर प्रमुख र उपप्रमुख सहित बहुमत वडामा एमालेबाट निर्वाचित जनप्रनिधि रहेका छन् ।

हाल उपनिर्वाचन हुन लागेको वडानम्बर–१ का ०७४ सालमा पनि नेपाली कांग्रेसले जीतेको थियो । त्यस वडामा २०७९ सालमा सम्पन्न स्थानी तह निर्वाचन अनुसार ३ हजार ८ सय ८ जना मतदाता रहेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया