गुल्मी । हिन्दुहरुको दोस्रो ठूलो महान पर्व तिहार पर्वको आगमनले गुल्मी लगायत ग्रामीण क्षेत्रमा चहलपहल बढ्को छ । तिहार पर्वलाई मध्यनजर राखेर आवत–जावत गर्नेको चाप र बजारमा किनमेल गर्न आउनेहरुको भिडभाडले चहलपहल बढेको हो । तिहार पर्वको लागि चाहिने समानहरु किनमेलसँगै पर्वलाई लक्षित गरि फूल माला, टिका विभिन्न परिकारहरुले सजिएका पसलहरुले पनि थप रौनकता थपिदिएको छ । काम बिशेषले शहर र रोजगारिको लागि बिदेशीएकाहरु तिहार मनाउनका लागि गाउँ फर्कने क्रमले सुनसान बनेका ग्रामीण बस्तीमाहरु पनि यतिबेला चहलपहल बढेको छ ।
चाडपर्वमा नयाँ कपडा लगाउनु पर्छ मिठो खानु पर्छ भन्ने मान्यताले बजारमा किनमेल गर्नेहरुको भिडले बजारमा चहलपहल बढेको छ । तिहार मनाउन तथा किनमेल गर्न आउनेहरुको भिडले गुल्मीको सदरमुकाम तम्घासमा पनि भिडभाड बढेको छ । तम्घास बजारका विभिन्न पसलहरुमा किनमेल गर्नेहरुको भिड बढेको छ । तिहारको अर्को रमाइलो पाटो देउसी भैलो पनि हो । यो क्रम पनि बिस्तारै गाउँ शहरमा खेल्न थालेका छन् । तिहारका अवसरमा खेलिने देउसी भैलोमा समेत आधुनिकता मिसिएको छ । नयाँ पुस्ताले देउसी भैलोमा पनि आधुनिकता मिसाएको स्थानीय वासीको भनाइ छ ।
देउसी भैलो खेल्दा मौलिक गीतहरु नगाई बजारमा आएका विभिन्न गीतहरु मार्फत नाच्ने गाउने गरिदा परम्परा हराउदै जान थालेको छ । संस्कृति बचाउन भन्दा पनि अहिले पैसा जम्मा गर्ने उदेश्यले मात्र देउसी भैलो खेल्न थालिएको पुराना पुस्ताको चिन्ता रहि आएको छ ।