पालिकाको उपेक्षामा कृषि र पशुपालन



सन्तोष महतारा


Jeewan and Rajan Tailors

छत्रकोट गाउँपालिका वडा नम्बर १ हुँगाका भुवन खराल रुरु रेसुङ्गा कृषि फर्ममार्फत् एक सय ५० रोपनीमा गोलभेडा, काउली, सयपत्री फूल, मुला, गाजार र बन्दा लगायतका खेती गरिरहेका छन् । उनले व्यवसायिक तरकारी खेती गरेको १० वर्ष भयो । स्थानीय सरकार गठन भएपछि आफूले सहुलियत पाउने अपेक्षा उनले गरेका थिए । तर, उनी अहिले निराश भएका छन् । “यही स्थितीमा टिकिराख्न गाह्रो छ ।” उत्पादनका आधारमा अनुदान दिने र ठुला व्यवसायिक किसानलाई चाहिने कामदारको ज्यालामा सहुलियत दिएमा कृषि र पशुपालनलाई व्यवसायिक रुपमा अगाडी बढाउन सकिने उनले बताए ।

The Star Family Restaurant

मुसिकोट नगरपालिका वडा नम्बर १ मा बालकृष्ण अर्यालले विगत चार वर्षदेखि ड्रागन फुड खेती गरिरहेका छन् । नगरपालिकाले सहुलियत ब्याजदरमा कृषि कर्जा दिने भनेपछि उनले कागजात बुझाए तर पनि कर्जा पाएनन् । बैंकको प्रकृया मिलेन भनेर आपूmलाई कर्जा नदिइएको उनले बताए । त्यसपछि योजना पेश गरेर जाली माग गरे तर त्यसमा पनि सहयोग पाएनन् । “सहयोगको आशा देखाउने तर काम नगर्ने गर्छन्” खरालले भने, “व्यवसायिक कृषि र पशुपालन गर्नेलाई उपेक्षा गरे ।”

दुई नगरपालिका र १० गाउँपालिका गरी १२ वटा पालिका रहेको गुल्मीमा व्यवसायिक कृषि र पशुपालनमा लाग्ने किसान धेरै छन् । तर, पालिकाले कृषि र पशुपालनलाई उपेक्षा गरेकाले यी क्षेत्र फस्टाउन पाएका छैनन् । गुल्मीको कम उचाइमा रहेको रिडीदेखि लिएर सबैभन्दा अग्लो ठाउँमा रहेको थाप्ले लेकसम्मका धेरै जमिनमा कृषि र पशुपालनको अथाहा सम्भावाना छ । तर, स्थानीय सरकारले कृषि र पशुपालनमा तुलनात्मक रुपमा कम लगानी गरेका छन् । गरेका लगानी पनि प्रतिफल नदिने कार्यक्रममा गरेका छन् ।

बर्सेनि घट्दै बजेट

मालिका, रुरुक्षेत्र, गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाले कृषि र पशुपालन तर्फको बजेट बर्सेनि घटाएका छन् ।

तालिका १ : पालिकाले तीन आर्थिक वर्षमा कृषि र पशुपालन क्षेत्रमा विनियोजन गरेको बजेट रु. हजारमा
क्र.सं. स्थानीय तह आर्थिक वर्ष २०७८/०७९ आर्थिक वर्ष २०७९/०८० आर्थिक वर्ष २०८०/०८१
मालिका गाउँपालिका १०,४४४ ९,०४० ७,०४८
इस्मा गाउँपालिका ७,००० ४,०५४ १३,१९४
छत्रकोट गाउँपालिका ७,८९५ ९,७४० ७,७००
कालीगण्डकी गाउँपालिका १४,६०० १४,२९० १९,४५४
सत्यवती गाउँपालिका १०,००० १५,००० १५,०००
धुर्कोट गाउँपालिका १४,८१० ४,२४७ ७,७१५
रुरुक्षेत्र गाउँपालिका ९,८८० ८,६७० ७,८००
चन्द्रकोट गाउँपालिका ८,९८० १४,५०० १५,१६४
मदाने गाउँपालिका २३,३३० १३,१८३ १९,४१०
१० गुल्मीदरबार गाउँपालिका २१,१७० १९,३६२ ८,८८८
११ मुसिकोट नगरपालिका ३,६०६ ६,२३२ १०,८४०
१२ रेसुङ्गा नगरपालिका १८,८५४ ७,८५६ ३,६९०
बजेट नै खर्च हुँदैन्

कृषि र पशुपालनबाट आत्मनिर्भर हुने सम्भावना रहेको पालिकामध्ये एक हो सत्यवती गाउँपालिका । यस पालिकाले अन्य पालिकाका तुलनामा बजेट विनियोजनमा कृषि र पशुपालनलाई प्राथामिकता दिएको छ । तर, बजेट खर्चिने मामिलामा यो पालिका सबैभन्दा पछाडी छ । यस पालिकाले आर्थिक वर्ष २०७८/०७९ मा कृषिका लागि ५० लाख बजेट विनियोजन गरेको थियो तर तर खर्च गर्ने वेलामा ११ लाख मात्रै ग¥यो । यो कुल विनियोजित बजेटको २२ प्रतिशत मात्र हो । पछिल्ला दुई वर्षमा पनि कृषिमा क्रमशः ९२ लाख र ९५ लाख विनियोजन भएपनि क्रमशः ४८ लाख र ७७ लाख मात्रै खर्च गरेको थियो । पशुपालन तर्फको बजेटमा पनि सत्यवतीको अवस्था उस्तैउस्तै रहेको छ ।

कार्यक्रम छ काम हुँदैन्

मुसिकोट नगरपालिकामा कृषि र पशुपालनका कार्यक्रम लोभलाग्दा छन् । ‘पख्नोस् तपाईँका लागि हामी केही गर्दछौं’ कार्यक्रम मुसिकोट नगरपालिकाको कृषिमा आशा र भरोसा देखाउने कार्यक्रम हो । तर, यो कार्यक्रम नाममा मात्रै सीमित भएको छ । त्यस्तै यो नगरपालिकाले चलाएको आफ्नै गाउँ फर्की आउँ कार्यक्रमले पनि त्यस्तो प्रतिफल दिएको छैन् । केही समय अगाडी नगरपालिकाले कृषि र पशु उपजको बजार ग्यारेण्टी आफैं गरे हाटबजार सञ्चालन गरी सबै उत्पादन किन्यो । तर, यो काम निरन्तर भएन ।

घट्दै कोदो र धान खेती

कृषि क्षेत्रमा काम हुन नसकेकालले गुल्मीका १२ वटै पालिकामा कोदो र धान खेती घट्दै गएको छ । गुल्मीमा आर्थिक वर्ष २०७९/०८० मा दुई हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा तीन हजार सात सय ७६ मेट्रिक टन कोदो उत्पादन भएकोमा आर्थिक वर्ष २०८०/०८१ मा दुई हजार आठ सय ८१ हेक्टर क्षेत्रफलमा तीन हजार तीन सय ४१ मेट्रिक टन कोदो उत्पादन भएको थियो । इस्मा, मदाने, मालिका, धुर्कोट, कालीगण्डकी र चन्द्रकोट कोदो फल्ने मुख्य ठाउँ हुन् । त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा सात हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा आर्थिक वर्ष २०८०/०८१ मा सात हजार एक सय ८९ हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।

३० वर्षसम्म फेरिएनन् कार्यक्रम

छत्रकोटका अनन्तराम पौडेलले वि.सं. २०४९ देखि २०८१ सम्म आउँदा पनि कृषि र पशुपालनमा नयाँ कार्यक्रम नआएको बताए । संघीयतापछि कृषि र पशुपालनमा आमूल परिवर्तन ल्याउने अपेक्षा उनले गरेका थिए । तर यस क्षेत्रको लगानी उपलब्धिबिहीन भएको टिप्पणी गरे । “रोजगारी सिर्जना हुनेगरी ठुलो मात्रामा प्रतिफल देखिनेगरी काम हुनुपथ्र्यो” पौडेलले भने, नमुना र उदाहरणीय कामको सट्टा सानातिना चर्चामा आउने काममा पालिकाले समय व्यतित गरेका छन् । पालिकाहरू घाँस, बिउ र बोकाबाख्रा बाँड्नेमा अल्झिएको तम्घासका हरि न्यौपानेले बताए ।

गाउँमै सम्भावना छ

इस्मा गाउँपालिका वडा नम्बर ३ का गोकर्ण नेपाली ग्यालेक्सी कृषि फार्म सञ्चालन गरेर घाँस, जडिबुटी र फलफूलका बिरुवा उत्पादन गरी बिक्री गरिरहेका छन् । उनले “सम्भावाना खाडीमा होइन, झाडीमा भेटिन्छ” भनेर घाँस खेती सुरु गरेका थिए । नेपालीले बाख्रा पनि पालेका छन् । उनले इस्मा गाउँपालिकाबाट साथ र सहयोग पाइरहेको बताए । किसानलाई प्रोत्साहन मात्रै दिन सके कृषि र पशुपालनबाट गाउँमै जीविकोपार्जन गर्न सकिने उनले बताए । प्रविधि र प्राविधिक सहयोग, स्वस्थ्य प्रतिस्पर्धाका लागि पुरस्कार प्रदान र प्रतिफल दिने कार्यक्रममा स्थानीय सरकारले लगानी गर्नुपर्ने उनले बताए ।

तालिका २ : गुल्मीका स्थानीय तह अनुसार गर्न सकिने व्यवसायिक खेतीहरू
क्र.सं. स्थानीय तह गर्न सकिने कृषि बालीहरू
रेसुङ्गा नगरपालिका तरकारी, सुन्तला, मौरीपालन र रैथाने बालीहरू
मुसिकोट नगरपालिका कफी, मौरीपालन, आलु, ड्रागन फुड र रैथाने बालीहरू
मालिका गाउँपालिका आलु, कोदो, कफी, किबी र रैथाने बालीहरू
मदाने गाउँपालिका कोदो, आलु, सुन्तला, कफी, तरकारी र रैथाने बालीहरू
इस्मा गाउँपालिका कोदो, आँप, लिची, मौरीपालन र रैथाने बालीहरू
धुर्कोट गाउँपालिका सुन्तला, तरकारी, धान र रैथाने बालीहरू
गुल्मीदरबार गाउँपालिका तरकारी, सुन्तला र रैथाने बालीहरू
छत्रकोट गाउँपालिका तरकारी, सुन्तला र रैथाने बालीहरू
रुरुक्षेत्र गाउँपालिका उखु, तरकारी, लिची, कफी र रैथाने बालीहरू
१० कालीगण्डकी गाउँपालिका तरकारी, सुन्तला, किबी र रैथाने बालीहरू
११ चन्द्रकोट गाउँपालिका तरकारी, मौरीपालन, कफी र रैथाने बालीहरू
१२ सत्यवती गाउँपालिका तरकारी, किबी, आलु, लिची, आँप र रैथाने बालीहरू
स्रोत : कृषि ज्ञान केन्द्र

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका अनुसार, गुल्मीका प्राय सबै पालिकामा बाख्रा, भैंसी, गाई, भेडा, बंगुर, कुखुरा र हाँस पाल्न सकिन्छ । गाई र भैंसीको दूध अझै पनि पर्याप्त मात्रा उत्पादन हुँदैन । मासुमा सबै पालिका आत्मनिर्भर भइसकेका वा हुन लागेका छन् तर निर्यात उति छैन् ।

किसानको मर्मअनुसार भएन

पछिल्ला वर्षहरूमा पालिकाहरुले कृषि र पशुपालनका कार्यक्रम एक्लै तय गर्ने गरेका छन् । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीका अनुसार, किसानको मर्मअनुसार कार्यक्रम र काम नहुँदा कृषि र पशुपालन उपेक्षित भए जस्तो देखिनछ । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय नहुनु मुख्य समस्या भएको भण्डारी बताउँछन् । “साना किसानलाई संरक्षणकारी र मध्यम तथा ठुला किसानलाई आवश्यकतामा आधारित कार्यक्रम हुनुपर्छ” कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख भण्डारीले भने, “आँखा चिम्लेर कार्यक्रम तय गर्दा व्यवसायिक भएन ।” उनले कृषि क्षेत्रमा बजार, प्रशोधन र लेवलिङ्ग गर्न सकेमात्र पनि सफलता मिल्ने बताए ।

तीनै तहका सरकार मिल्नुपर्छ

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखेलले तीनै तहका सरकार मिलेर कृषि र पशुपालनको विकास गर्न सक्ने बताए । स्थानीय सरकारले उत्पादन गरेमा, प्रदेश सरकारले बजारिकरण गरेमा र संघ सरकारले अनुसन्धानात्मक तथा प्रविधिमा जोड दिएमा कृषि र पशुपालन व्यवसायिक हुने उनले बताए । छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बैदेशिक रोजगारबाट फर्केलाई पुनः नजाने गरी यसतर्फ आर्कर्षित गर्ने गरी लागेको बताए । स्थानीय सरकारले गर्न सक्ने काम गरेको यसमा तीनै तहका सरकारको सहयोग हुनुपर्ने बताए । गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले कृषि क्षेत्रलाई बढवा दिन दीर्घकालीन योजना कार्यान्वयनमा लैजाने बताए । उनले पकेट क्षेत्रका रुपमा बिस्तार गर्नेर बजार ग्यारेण्टीमा केन्द्रित भएको बताए ।

योजना धेरै हुँदा प्रतिफल आएन

लुम्बिनी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले तीनै तहका सरकारले धेरै योजना बनाउने गरेको तर तिनबाट प्रतिफल नआउने गरेको स्वीकार गरे । मन्त्री पन्थीले भने, “कृषि र पशुपालनमा स्वस्थ्य प्रतिस्पर्धाबाट प्रतिफल देखिनेगरी काम गर्नुपर्छ ।”

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया