गुल्मी । गुल्मीको छापहिलेमा जनश्रमदान बाटै स्थानीय सडकहरू मर्मत गरिएको छ । दशैं लगायत नजिकिँदै गरेका चाडपर्व लक्षित सहजताका लागि स्थानीय गाेरेटा सडकहरू स्थानीयकाे जनश्रमदान बाटै मर्मत गरिएको हो । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका सबै भित्री गाेरेटा सडकहरू मर्मत तथा सफाइ, स्थानीय मठमन्दिर सरसफाइ तथा रङ्गराेबन तथा झाडी भएका स्थानहरुकाे स्थानीय बासिन्दाकै श्रमदानबाट मर्मत तथा सफाइ गरिएको छ । आफ्नो गाउँका सडकहरू आफैं मर्मत तथा सरसफाइ गरेर चिटिक्क र सहज गराउन स्थानीय कै श्रमदानबाट काम गरिएको मालिका गाउँपालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका वडाध्यक्ष रेखाकुमार जिसीले जानकारी दिए । साविकको छापहिले गाउँ विकास समिति अन्तर्गतका नाै वटै वडामा छुट्टाछुट्टै रुपमा स्थानीय गाेरेटा सडकहरू मर्मत तथा सफाइ गरेका हुन् । मालिका गाउँपालिका वडा नम्बर ५ छापहिले वडाध्यक्ष जिसीका अनुसार, सवारीसाधन गुड्ने सडकहरू डाेजरकाे प्रयोग गरेर यसअघि नै मर्मत गरी सहज रुपमा हिड्न मिल्ने बनाइएको छ । साथै स्थानीय गाेरेटा सडकहरूमा पनि स्थानीयलाई आवतजावतमा सहजता तुल्याउनका लागि स्थानीयकै श्रमदानबाट सडकहरू मर्मत भएका हुन् । श्रमदान गर्दैगर्दाका तस्बिरहरू :