गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिला घाइते



सन्तोष महतारा


गुल्मी । गुल्मीमा घर लिप्ने क्रममा एक जना घाइते भएका छन् । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर २ दर्लिङ्गकी २७ वर्षीया माया राेका घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।                                                                                उनका अनुसार, रोका मगरले आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा अचानक करेन्ट लागि घाइते भएकी थिइन् । बाेल्न नसक्ने अवस्थामा रहेकी उनको गुल्मी अस्पताल तम्घास उपचारका लागि ल्याइएको छ ।                                                                           बिजुलीको तार मुसाले काटी नाङगो रहेको तारमा अचानक छुन गई करेन्ट लागेको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया