गुल्मीमा असहाय परिवारलाई रक्तदाता समाज गुल्मी शाखाद्वारा सहयोग



Live Gulmi


गुल्मी । नेपाल स्वयंसेवी रक्तदाता समाज, गुल्मी शाखाले असहाय तथा विपन्न परिवारलाई खाद्यान्न, लत्ताकपडा र शैक्षिक सामग्री सहयोग गरेको छ।

समाजले शनिबार मालिका गाउँपालिका–५, छापका चन्द्रबहादुर परियारको सात सदस्यीय परिवारलाई खाद्यान्न, दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको हो।

मालिका गाउँपालिका–५ का वडाध्यक्ष रेखाकुमार जीसीको उपस्थितिमा समाजका अध्यक्ष ध्रुव पाण्डेसहितको टोलीले परिवारलाई सहयोग सामग्री हस्तान्तरण गरेको थियो। कार्यक्रममा यमबहादुर परियार, देवराज पाण्डे, शिशिर रेग्मी, सन्देश मरासिनी, हिमाल पाण्डे र सफल पाण्डेलगायत सहभागी थिए।

परिवारको दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले चामल, दाल, चिनी, चियापत्ती, चाउचाउ, साबुन, सर्फ, खानेतेल, आलु र आटालगायत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री प्रदान गरिएको समाजले जनाएको छ। त्यस्तै, परिवारका सदस्यका लागि लत्ताकपडा, जाडोमा प्रयोग गर्ने न्यानो कपडा, सिरक, डसना र तकियासमेत उपलब्ध गराइएको छ।

( Jeevan rajan

बालबालिकाको पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले कापी, कलम र झोलासमेत प्रदान गरिएको समाजका अध्यक्ष ध्रुव पाण्डेले बताए।

उनले रगत व्यवस्थापनसँगै दुःखमा परेका, असहाय तथा विपन्न परिवारलाई सहयोग गर्ने कार्यलाई पनि संस्थाले प्राथमिकतामा राख्दै आएको बताए। “मानवताको सेवा नै हाम्रो मुख्य उद्देश्य हो,” पाण्डेले भने।

समाजले रक्तदान तथा रगत व्यवस्थापनका अतिरिक्त मानवीय सेवाका कामलाई निरन्तरता दिँदै आएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया