तीन दशकपछि आधुनिक भवनमा लिम्घा स्वास्थ्यचौकी



टाेपलाल अर्याल


गुल्मी ।  लिम्घा स्वास्थ्यचौकीले तीन दशकपछि आफुनै आधुनिक भवनबाट सेवा प्रबाह सुरु गरेको छ । सत्यवति गाउँपालिका–लिम्घाको लिम्घा स्वास्थ्यचौकी २०५३ सालमा स्थापना भएको थियो । बिगतमा पुरानो भवनबाट सेवा प्रबाह गर्दै आएको स्वास्थ्यचौकीले अहिले पाँच रोपनी आफ्नै जग्गामा सुविधासम्पन्न भवन निर्माण गरेको छ ।

बिरामीको सामान्य उपचार, परामर्श, मातृशिशु सेवा, पोषण स्वास्थ्य शिक्ष, खोप, परिवार नियोजन, बर्थिङ्ग सेन्टर र प्रयोगशाला सेवा सहज रुपमा प्रदान गर्दै आएको लिम्घा स्वास्थ्यचौकी इन्चार्ज सिनियर अहेव राम बहादुर सुर्यवंशी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अझै पनि संरचना प्रयाप्त छैन् ।

सुर्यवंशीका अनुसार भौगोलिक अवस्थालाई मध्येनजर गरेर बिशेषज्ञ डाक्टहरुले रिर्पोट हेर्ने गरेर केही समयमै इसिजी सेवा सञ्चालन गर्ने लक्ष्य रहेको छ । स्वास्थ्यचौकीसंग आफ्नो आम्दानीको स्रोत छैन् । स्वास्थ्यचौकीले स्थानीय चन्दादाता र सहयोगीहरुको समन्वयमा बिशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविर गर्ने गरेको छ ।

स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटनकै अवसरमा लायन्स क्लव अफ गुल्मी तम्घास र लायन्स क्लव अफ गुल्मी रेसुङ्गाले संयुक्त रुपमा निःशुल्क बृहत् विशेषज्ञ स्वास्थ्य शिविर गरेका छन् ।
उक्त शिविरमा विभिन्न रोगका १५० भन्दा बढी बिरामीहरुले विशेषज्ञ स्वास्थ्य सेवा तथा परामर्शको प्रत्यक्ष लाभ लिनुभएको थियो । शिविरमा बरिष्ठ स्त्री रोग बिशेषज्ञ डाक्टर दिपक श्रेष्ठ, बरिष्ठ फिजिसियन डाक्टर हरि प्रसाद पन्थी, बरिष्ठ नाक, कान र घाँटी रोग बिशेषज्ञ डाक्टर शरद पौडेल, बरिष्ठ हाडजोर्नी बिशेषज्ञ डाक्टर हिरामणी पौड्याल र छाति तथा पेट क्यान्सर सर्जन महेशमनि अधिकारीले स्वास्थ्य सेवा तथा परामर्श दिनु भएको थियो ।

( Jeevan rajan

सत्यवति गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले कार्यक्रममा एक रोपनी जग्गा निशुल्क उपलब्ध गराउने लिला पल्लीसहित विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति र समुहहरुलाई सम्मान गर्नुभएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया