प्रयासी परिवारको दशैं गीत ‘आइपुग्यो दशैं यो आँगन’ सार्वजनिक



टाेपलाल अर्याल


गुल्मी ।  गुल्मीको रेसुंगा नगरपालिका २ का प्रयासी परिवारको प्रस्तुतिमा बडादशैंको अवसरमा नेपाली मौलिक संस्कृति, पारिवारिक आत्मीयता र उत्साह समेटिएको नयाँ लोक–आधुनिक गीत आइपुग्यो दशैं यो आँगन सार्वजनिक भएको छ । आइतबार गीत गीतकोष नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

लोकप्रिय गायिका शान्ति श्री परियार र गायक समीर खरेलको स्वर रहेको गीतमा शान्ता केसी कुँवर र डाक्टर ईश्वरी जंग कुँवरको शब्द रहेको छ । गीतमा डाक्टर कुँवरको संगीत तथा रिकेश गुरुङ किजको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा गरिमा शर्मा र प्रभात पाल ठकुरीको मुख्य अभिनय रहेको छ । भने चाँदनी कुँवरले यसै भिडियोमार्फत डेब्यु गरेकी छन्। भिडियोको निर्देशन तथा सम्पादन राजु जंग बस्नेत, नृत्य निर्देशन सुमित राजवंशी, छायांकन पवन सुस्लिङ र कलर संयोजन कुनाल कुँवरले गरेका हुन्।

लोक–आधुनिक सांगीतिक स्वादमा तयार पारिएको यो गीत दशैंको उल्लाससँगै दर्शक तथा श्रोताहरूलाई छमछमी नचाउने खालको छ। मालश्री गुञ्जियो धुन, आइपुग्यो दशैं यो आँगन भन्ने पङ्क्तिबाट सुरु हुने गीतमा पारिवारिक मिलन, परदेशबाट आफन्तको आगमन, चङ्गा, लिङ्गे पिङ, टीका, जमरा र मान्यजनको आशीर्वादजस्ता दशैंका मौलिक पक्षहरू समेटिएका छन्। यसअघि बाट पनि गीतकोष नेपाल युट्युब मार्फत सार्वजनिक भएको तीज गीत कालीपारे भेषले उत्साहजनक प्रतिक्रिया पाएको थियो। नेपाली मौलिक गीतसंगीत तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ दशैं गीत ल्याइएको बताइएको छ।

पुरा भिडियो : https://www.youtube.com/watch?v=OtD3PIS_gXs

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया