हावाहुरी र चट्याङबाट गुल्मीका चार पालिकामा विद्युुुत सेवा अवरुद्ध



अनिल खत्री


गुल्मी । हावाहुरी र विद्युुुतका ट्रान्सफरमर लगायत तारमा चट्याङ लागेर गुल्मीका ४ पालिकामा विद्युुुत सेवा अवरुद्ध भएको छ । बिहीबार बेलुकी हावाहुरीसँगै परेको चट्याङले विद्युुुतका ट्रान्सफरमर र तारमा क्षति पुर्‍याउदा धुर्कोट, मदाने, मालिका, इस्मा र मुसिकोटका केही वडामा पुग्ने विद्युु अवरुद्ध भएको नेपाल विद्युुुत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ  ।

हावाहुरिसँगै चट्याङले रेसुङ्गा नगरपालिका वडानम्बर -५ देखि धुर्काेट गाउँपालिका वडानम्बर-५ वस्तुसम्म जाेड्ने ३३ केभि मुख्य लाईनकाे ठाँउठाउँमा धेरै नै क्षति गरेर विद्युुुत सेवा अवरुद्ध भएको गुल्मी वितरण केन्द्र प्रमुख इन्जिनियर अर्जुन पोखरेलले बताए ।विद्युत सेवा सुचारु गर्न प्राबिधिक टोली खटिएको पोखरेलले बताए । यस खण्डमा केहीदिन यता विद्युुुत नियमित हुन सकिरहेको छैन । जसले गर्दा मोबाइल नेटवर्कमा समेत समस्या हुँदै आएको छ । गाउँ टोलमा विद्युुुतका तार ट्रान्सफरमरमा क्षति पुगेको देखेको खण्डमा तुरुन्तै खबर गर्न  आग्रह समेत  गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया