गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाले उच्च राशीको पुरस्कार सहित लोक गायन प्रतियोगिता सुरु गर्ने भएको छ । लोक बिधामा गीत गाउनेहरुका लागी ‘गुल्मी लोकतारा सिजन ३’ संचालन गर्ने भएको प्रतिष्ठान गुल्मीका उपाध्यक्ष मोहन बस्नेतले बताउनुभयो ।
प्रतिष्ठान गुल्मी शाखाले सदरमुकाम तम्घासमा सम्पन्न १९ औं साधारणसभामा लोक विद्यामा गायन प्रतिभा सञ्चालन गर्न लागिएको बारेमा जानकारी गराइएको थियो । गुल्मी जिल्लाका विभिन्न ग्रामिण क्षेत्रमा लुकेर रहेका प्रतिभालाई अवसर दिने अभिप्रयाले ‘गुल्मी लोकतारा सिजन ३’ संञ्चालन गर्न लागेको प्रतिष्ठानका पूर्व अध्यक्ष खुम खत्रीले बताउनुभयो । प्रतियोगिता यहिँँ भदौ अन्तिम देखी संचालन हुने भएको छ । प्रतियोगिता छनोटका लागि स्थानिय स्तरबाटै छनोट गरेर ल्याइने भएको छ । कार्यक्रमले लोक संस्कृतीको जगेर्ना र संरक्षणमा विषेश सहयोग पुग्ने प्रतिष्ठान गुल्मीका अध्यक्ष शिलु भट्टराईले बताउनुभयो । गाउँ घरमा लुकेका प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने उदेश्य कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।
यस कार्यक्रमबाट पुराना सर्जकहरुलाई सम्मान नयाँलाई प्रोत्साहन गर्न मद्दत, लोप हुन लागेका पुराना मौलिक भाकाहरुको संरक्षण गर्न सहयोग पुग्ने आयोजकले उदेश्य राखेको छ । विभिन्न चरणमा छनोट गरेर केन्द्रिय स्तरका कालाकारहरुबाट छनोट गरेर उत्कृष्ट घोषण गरिने आयोजकले जनाएको छ । त्यसको लागि फइनल चरणका कार्यक्रमहरुमा राष्ट्रिय स्तरमा चर्चामा रहेका कलाकारहरुको पनि सहभागिता रहने भएको छ । प्रतिष्ठान गुल्मी शाखाले ०७१ सालमा ‘गुल्मी लोकतारा सिजन १’ सुरु गरेको थियोे । त्यसपछि प्रतिभा छनोट गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ ।
साधारणसभाको अवसरमा संस्थाका सचिव गणेश अधिकारी र कोषाध्यक्ष लोकेन्द्र कुँवरले वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । साधारणसभामा प्रतिष्ठानका लुम्बिनी प्रदेश सचिव युवराज पोखरेल लगायत जिल्ला स्तरका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो । साधारणसभामा कलाकार उज्ज्वल गिरी, गणेश अधिकारी, कमल कंडेल, लालुमाया कुँवर, धनमाया राना लगायतले सांगीतिक प्रस्तुति राखेका थिए । प्रतिष्ठान गुल्मीले आफनै भवन निर्माणको लागि अभियान सञ्चालन गर्ने आगामी कार्ययोजनामा राखेको छ ।