लोकदोहोरी प्रतिष्ठान गुल्मीको १९ औं  साधारणसभा सम्पन्न 



अनिल खत्री


गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मी शाखाको १९ औं  साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न साधारणसभामा संस्थाका सचिव गणेश अधिकारी र कोषाध्यक्ष लोकेन्द्र कुँवरले  वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा विविध साँस्कृतिक कार्यक्रम तथा दरखाने कार्यक्रम समेत कार्य राखिएको थियो ।कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश कार्य समिति  सचिव युवराज पोखरेलले पछिल्लो समय कलासंस्कृति माथि विकृति भित्रिएको बताए । उनले सबै पक्षको सहयोग मार्फत विकृति निर्मुल पार्दै कला संस्कृतिलाई जिवन्त राख्न सकिने बताए । प्रतिष्ठान गुल्मीले कला संस्कृतिसँगै सामाजिक कार्य गर्दै आएको प्रति प्रशंसा गरे । कार्यक्रममा इस्मा गाउँपालिका निवर्तमान उपाध्यक्ष बिमला खत्री केही कलाकारले पैसा, भ्युज बटुल्ने निहुमा कला संस्कृति माथि प्रहार भएको बताइन् ।

Jeewan and Rajan Tailors

विकृति माथि भइरहेको प्रहारमा प्रतिष्ठानले दरिलो रुपमा आवाज उठाउनुपर्ने उनले बताइन् । कार्यक्रममा प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुम खत्रीले संस्था स्थापनाको छोटो अबधिमा धेरै रचनात्मक कार्य गरेको बताए । उनले कला संस्कृतिमा भइरहेको विकृति प्रति प्रतिष्ठान गुल्मीले डटेर प्रतिवाद गर्ने बताए । प्रतिष्ठान गुल्मी शाखाको स्थापना ०६२ सालमा स्थापना भएको थियो । त्यस यता जिल्लामा कला संस्कृतिको संरक्षण र नयाँ प्रतिभा उजागर गर्ने काम गर्दै आएको छ ।

The Star Family Restaurant

प्रतिष्ठान गुल्मीले कला संस्कृतिको संरक्षणसँगै दैवीप्रकोप लगायतको क्षेत्रमा राहत उद्दारमा सहयोग गर्नेे गरेको छ ।  कार्यक्रम कलाकार उज्ज्वल गिरी, कमल कंडेल, लालुमाया कुँवर र धनमाया रानाले बिशेश सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । प्रतिष्ठान गुल्मीका अध्यक्ष शिलु भट्टराई र उपाध्यक्ष मोहन बस्नेतको अध्यक्षता,  उपाध्यक्ष श्रीधर पोखरेलको स्वागत रहेको कार्यक्रममा सचिव गणेश अधिकारीले सहजीकरण गरेका थिए । उपाध्यक्ष माेहन बस्नेतले गुल्मीमा छिट्टै गुल्मी लाेकताराकाे कार्यक्रम ल्याउने तयारी भइरहेको पनि जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया