महेश बाेहरा, गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं. ३ महाभिरमा पहिरोका कारण ६ घर परिवार विस्थापित भएका छन । मंगलबार बिहानदेखि परेको अबिरल वर्षाका कारण पहिरो आई जोखिम भए पछि उनिहरुले अरुको घरमा शरण लिएर बसेका छन ।
दिनेश विश्वकर्मा, जुगलाल बुढा मगरको घर देखि माथिबाट पहिरो आई जोखिम भएको खवर प्राप्त हुनासाथ अर्खबाङ्ग प्रहरी चौकीबाट प्रहरी सायक निरिक्षक मेखबहादुर चौहानको कमाण्डमा २ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । सोही दिन रातको समयमा परेको अविरल वर्षाको कारण जुगलाल बुढा मगरको घरमा माथीबाट लेदो सहितको पहिरो आई घरको पछाडीको गारोको भाग पुरिएको छ । दिनेश विश्वकर्माको घरको सुरको भाग पहिरोले पुरेको छ । अन्नपात लत्ताकपडा झिकिएको, मानवीय तथा पशुजन्य क्षती नभएको प्रहरी चौकी अर्खबाङ्गले जनाएको छ ।
मालिका गापा वडा नं. ३ बस्ने जुगलाल बुढा मगरको परिवारका ३ सदस्यले गोपिराम वि.क.को घरमा बास बसेका छन । दिनेश विश्वकर्माको ५ सदस्य परिवारसनि वि.क.को घरमा, राजकुमार विकको ६ सदस्य परियार शुसिला विकको घरमा बसेको कुलबहादुर बुढा मगर परिवार ३ सदस्य लोकनाथ अर्यालको घरमा बसेका छन । यस्तै डिल्लीराम अर्यालको ३ सदस्य परिवार लोकनाथ अर्यालको घरमा बसेका छन ।
दानबहादुर बुढा मगरको ३ जनाको परिवार जना आफ्नै घर एकपातेमा बसेका जानकारी प्रहरी चौकी अर्खबाङ्गले दिएको छ । मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्याल सहितको प्राबिधिक टोली र प्रहरी चौकी अर्खाबाङ्गबाट प्रहरी टोलि र स्थानिय बासी मिलेर लत्ता कपडा खाद्यन सामाग्री घरबाट निकालिएको थियो ।